काठमाडौं। साविक विजेता अस्ट्रेलियाले आइसिसी महिला ट्वान्टी-२० विश्वकपका लागि एलिस हेलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छ ।
खुट्टा भाँचिएका कारण लामो समय मैदान बाहिर रहेकी डार्सी ब्राउन टोलीमा फर्किएकी छन् । अनुभवी बलर जेस जोनासनलाई भने मौका दिएको छैन ।
बंगलादेशबाट युएई सारिएको महिला ट्वान्टी-२० विश्वकप अक्टोबर ३ बाट सुरु हुँदैछ। समूह ‘ए’ मा अस्ट्रेलियासँगै पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका छन्। प्रतियोगिताको परिमार्जित समयतालिका भने सार्वजनिक गरिएको छैन।
अस्ट्रेलियन टोली
एलिस हेली(कप्तान तथा विकेटकिपर), डार्सी ब्राउन, एस्लेघ गार्डनर, किम गाथ, ग्रस ह्यारिस, एलना किङ, फोबी, लिचफिल्ड, ताहलिया म्याकग्रा, सोफी मोलिनक्स, बेथ मुनी, एलिस पेरी, मेगन शुट, एनाबेल सथरल्यान्ड, जर्जिया वारहम, टायला भ्लामिन्क
यसैगरी फातिमा सानाको कप्तानीमा पाकिस्तानले पनि टोली घोषणा गरेको छ ।
पाकिस्तानी टोली
फातिमा साना (कप्तान), आलिया रियाज, डायना बेग, गुल फिरोजा, इरम जावेद, मुनिबा अली (विकेटकीपर) , नसरा सन्धु, निदा दार, ओमाइमा सोहेल, सदफ शमास, सादिया इकबाल (फिटनेसको समस्या), सिद्रा अमीन, सैयदा अरुब शाह, तस्मिया रबाब, तोबा हसन