काडमाडौं । भारतीय ब्याटर शिखर धवनले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । धवनले सामाजिक सञ्जालमार्फत २० वर्षे आफ्नो करियरलाई विश्राम दिने निर्णय लिए ।
भारतीय राष्ट्रिय टोलीका लागि १२ वर्षमा धवनले तीनै प्रारुपमा गरेर २६९ खेल खेले ।
सन् २०१० मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमार्फत अन्तर्राष्ट्रिय करियर सुरु गरेका धवनले सन् २०२२ मा बंगलादेशविरुद्ध अन्तिम खेल खेलेका थिए ।
धवनले तीनै प्रारुपमा गरि कुल २४ शतक र ५५ अर्धशतकसहित १० हजार ८६७ रन प्रहार गरेका छन् ।
धवनले सन् २००४ मा दिल्लीका लागि घरेलु क्रिकेट खेल्दै करियर सुरु गरेका थिए ।
उनले उमेर समूहमा पनि भारतको प्रतिनिधित्व गरेका छन् । धवनले आइपिएलमा दिल्ली डेयरडेभिल्स (दिल्ली क्पापिटल्स), मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र पन्जाब किंग्सका लागि खेले ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO