काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले भारतका पूर्व फिल्डिङ प्रशिक्षक रामकृष्ण श्रीधरलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
अफगानिस्तानले सेप्टेम्बरमा न्युजिल्यान्डसँग टेस्ट र त्यसपछि दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय शृंखला खेल्दैछ । श्रीधरले उक्त शृंखलामा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
श्रीधरले सन् २०१४ देखि २०२१ सम्म भारतीय टोलीको फिल्डिङ प्रशिक्षकका रूपमा काम गरेका थिए ।
अफगानिस्तानले सेप्टेम्बरमा न्युजिल्यान्डसँग टेस्ट र त्यसपछि दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । श्रीधरले भारतको यु-१९ टोली र आइपिएलमा किंग्स-११ पञ्जाबका लागि पनि काम गरिसकेका छन् ।
श्रीधर लेभल-३ प्रशिक्षक हुन् । एसिबीले उनलाई भविष्यमा लामो सम्झौता पनि दिनसक्ने बताएको छ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO