माघ २, २०८१ बुधबार | १३:२८:२५
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा समोआको कीर्तिमान

डारियस भिसेर

काठमाडौं । आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप पूर्वी एसिया/ प्रशान्त उपक्षेत्रीय छनोट ‘ए’ अन्तर्गतको खेलमा समोआले कीर्तिमान कायम गरेको छ ।

समोआ पुरुष ट्वान्टी-२० अन्तर्राष्ट्रियको एकै ओभरमा सबैभन्दा बढी रन बनाउने टोली बन्यो ।

समोआले भानुआटुका तीव्र गतिका बलर नलिन निपिकोविरुद्ध १५औं ओभरमा ३९ रन जोडेको थियो । जसमा डारियस भिसेरले ६ छक्का प्रहार गर्दा तीन रन नो बलबाट प्राप्त भयो ।

भिसेर सुरुआती तीन बलमा लगातार छक्का प्रहार गरेका थिए। चौथो बल नो बल हुँदा उनले फ्रिहिटमा अर्को छक्का प्रहार गरे । पाँचौ बल डट भएको थियो  तर छैटौं बल फेरि नो बल भयो । त्यसपछिको बल पनि नो बल हुँदा उनले छक्का प्रहार गरे ।  फेरि फ्रिहिटमा छक्का प्रहार गर्दा सो ओभरमा कुल ३९ रन बनाएको थियो ।

 समाओले यसअघि एकै ओभरमा बनेको ३६ रनको कीर्तिमान तोडेको हो । भारतका युवराज सिंह (२००७),वेस्ट इन्डिजका केइरन पोलार्ड (२०२१), निकोलस पुरन (२०२४), नेपालका दीपेन्द्रसिंह ऐरी(२०२४), भारतका रोहित शर्मा/ रिंकु सिंह (२०२४ संयुक्त) ले  एकै ओभरमा ३६ रन जोडेका थिए ।

भिसेरले ६२ बलमा १४ छक्का र पाँच चौकाको मद्दतले १३२ रनको योगदान गरे । यससँगै उनी समोआका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।  

यो खेलमा समोआले १० रनको जित निकालेको थियो । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO