काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मलेसियामा अर्को वर्ष हुने हुने यु–१९ महिला ट्वान्टी–२० विश्कपको खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुनेछ । पहिलो दिन ६ खेल हुनेछन् ।
४१ खेल हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए ’मा भारत, वेस्ट इन्डिज, श्रीलंका र मलेसिया तथा समूह ‘बी’ मा इङ्ल्यान्ड,पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन् ।
यसैगरी समूह ‘सी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफ्रिका छनोटबाट आउने टोली र सामोआ तथा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश एसिया छनोटबाट आउने टोली र स्कटल्यान्ड छन् ।
समूह ‘ए’ को खेल बायोमास ओलभ, ‘बी’ को खेल दातो डा.हरजित सिंह जोहर क्रिकेट एकेडेमी ,‘सी’ को खेल बोर्नियो क्रिकेट मैदान र ‘डी’ का खेल युकेएम वाइएसडीमा हुने ।