माघ २, २०८१ बुधबार | १३:३५:५५
एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली

नेदरल्यान्ड्सले अमेरिकालाई हरायो

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई १९ रनले हराएको छ । ४८ बलमा ३६ रन चाहिएको अवस्थामा अमेरिकाले पछिल्ला महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो । टोलीले ४२औं ओभरमा २०२ रन बनाउँदा मात्र पाँच विकेट गुमाएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले सात विकेट गुमाउँदै दुई सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा एक बलअघि अलआउट हुँदा अमेरिकाले मात्र दुई सय १८ रन बनायो ।

जितपछि ६ खेलबाट ८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हार बेहोरेको अमेरिका छैटौं स्थानमा छ । चार खेल खेलेको नेपाल २ अंकसहित सातौं स्थानमा रहँदा ७ खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ ।

ओपनर स्टेभन टेलर र तेस्रो नम्बरमा आएका कप्तान मोनान्क पटेल डकआउट भएपछि अमेरिका दबाबमा आएको थियो ।  अर्का ओपनर स्मिट पटेलपनि ३८ रन बनाएर पेभिलियन फर्किए । पाँचौं नम्बर क्रिजमा पुगेका मिलिन्द कुमारले ७९ बलमा चार चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाएका थिए । आरोन जोन्सले ४७ रन बनाएका हुन् । दुई खेलाडीबीच एक सय ५ बलमा सर्वाधिक ८५ रनको साझेदारी भएको थियो ।

नेदरल्यान्ड्सका भिभिअन किङ्माले सर्वाधिक तीन, आर्यन दत्त, पउल भान मिकेरान र सारिज अहमदले समान २ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सको लागि कप्तान स्कट एड्वार्डस्ले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाएका हुन् । विक्रमजित सिंहले ५९, म्याक्स ओडावडले ४९ रनको योगदान गरे । अमेरिकाका कुमारले सर्वाधिक २ दुई लिए । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO