चैत्र ९, २०८२ सोमबार | १८:४५:४४
सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न

अफगानिस्तानको अपराजित यात्रा टुंगियो, वेष्ट इन्डिज १०४ रनले विजयी

काठमाडौं । दुई पटकको च्याम्पियन वेष्ट इन्डिजसँग १०४ रनले पराजित हुँदा ट्वान्टी २० विश्वकपअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा अफगानिस्तानको अपराजित यात्रा समाप्त भएको छ । वेष्ट इन्डिजको इनिङ्समा निकोलस पुरनले ९८ रन बनाए ।

मंगलबार बिहान विश्वकपको ४०औं खेल सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा खेलिएको थियो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले दुई सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा अफगानिस्तान १६.२ ओभरमा अल आउट हुँदा मात्र एक सय १४ रन बनाउन सक्यो । अफगानिस्तानका इब्राहिक जाद्रनले सर्वाधिक ३८, अज्मतुल्लाह ओमार्जाइले २३ र कप्तान रसिद खानले १८ रनको योगदान गरे ।

वेष्ट इन्डिजका ओबेड म्याककोयले सर्वाधिक तीन विकेट, गुडाकेश मोती र एकेअल हुसैनले समान दुई विकेट लिए ।

यसअघि वेष्ट इन्डिजको इनिङ्समा पुनरले ५३ बलमा ९८ रन बनाएका हुन् । नी सय रन बनाउने चक्करमा रन आउट हुन पुगे । त्यसक्रममा ६ चौका र ८ छक्काको वर्षा गरेका थिए । जानसन चार्सले ४३ र राभमन वापेलले २६ रनको योगदान गरे । चार्स र पूरनबीच ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजले २० ओभरमा पाँ विकेट गुमाउँदै २१८ रन बनाएको हो । यो विश्वकपमा बनेको सर्वाधिक रन हो । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २०१ रन बनाएको थियो ।

समूह ‘सी’ मा अफगानिस्तान लगातार चार खेलमा जित निकाल्दै शीर्ष स्थानमा रह्यो । अफगानिस्तान पहिलो हार बेहोर्दा ६ अंकसहित दोस्रो भयो ।  समूहबाट चार अंक जोडेको न्युजिल्यान्ड, दुई अंकको युगान्डा र बिना अंक पिएनजी बाहिरिसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो