चैत्र १६, २०८२ सोमबार | ०७:०१:५८
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४३, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडेन मारक्रमले १५ र क्विनटन डी ककले १० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ र  दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

सुपर ८ को सम्भावना जिवितै राख्न नेपाललाई यो खेल जित्नै पर्ने अवस्था छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अंक बाँडेको थियो ।

अघिल्ला तीनै खेल जितेको दक्षिण अफ्रिकाले सुपर ८ मा स्थान सुरक्षित गरिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो