चैत्र १८, २०८२ बुधबार | १२:४५:३२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पाकिस्तानले क्यानाडालाई हरायो

काठमाडौं । पाकिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपमा पहिलो जित निकालेको छ । 

न्युयोर्कस्थित नसाउ काउन्ट्री क्रिकेट मैदानामा मंगलबार पाकिस्तानले क्यानाडालाई ७ विकेटले पराजित गर्यो ।

जितसँगै समूह ‘ए’ को पाकिस्तानले तीन खेलमा २ अंक जोडेको छ । पराजित क्यानाडाको पनि समान खेलबाट २ अंक नै छ ।

क्यानाडाले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५३ बलमा २ चौका र १ छक्काको मद्दतले  अविजित ५३ रनको योगदान गरे । यसैगरी  कप्तान बाबर आजमले ३३ रन बनाए ।

दोस्रो विकेटका लागि रिजवान र आजमले ६३ रनको साझेदारी गरे । क्यानाडाका लागि डिलोन हेलिंगरले २ र जिरेमी गोर्डनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।

क्यानाडाका लागि आरोन जोनसनले ४४ बलमा समान ४ छक्का र चौकाको मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी कलिम सानाले नआउट १३ र कप्तान साद विन जाफरले १० रन जोडे ।

पाकिस्तानका लागि हरिस रौफ र मोहम्मद आमिरले समान २ तथा शहिन शाह अफ्रिदी र नसिम शाहले समान १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो