चैत्र १४, २०८२ शनिबार | ०१:१५:५४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

काठमाडौं । पहिलो पटक ट्वान्टी-२० विश्वकप जित्ने योजनामा रहेको दक्षिण अफ्रिकाले समूह ‘डी’ मा लगातार तेस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको हो ।

यो जितले दक्षिण अफ्रिका सुपर-८ पुग्ने लगभग निश्चित बनेको छ । ३ खेलबाट ६ अंक जोडेको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट दुई अंक  छ । नेपाल र श्रीलंकाले अंक जोड्न सकेका छैनन् ।

न्युयोर्कमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाउँदै ११४ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा बंगलादेशले सात विकेट गुमाउँदा मात्र १०९ रन बनाउन सक्यो ।

बंगलादेशका तोहिद हृदोयले सर्वाधिक ३९ रन बनाए । महमुदुल्लाहले २० रनको योगदान गरेका हुन् । दक्षिण अफ्रिकाको लागि केशव महाराजले सर्वाधिक तीन विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ राेजेको अफ्रिकाको लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । डेभिड मिलरले २९ रनको योगदान गरे । ओपनर क्विन्टन डि ककले १८ रन बनाए ।

४.२ ओभरमा ३२ मा तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्लासेन र मिलरले ७९ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरसम्म पुर्याएका थिए । बंगलादेशका ताजिम हसन सकिबले सर्वाधिक तीन विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो