चैत्र १८, २०८२ बुधबार | १५:३५:४४
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

पाकिस्तान भारतसँग पराजित

काठमाडौं । ट्वान्टी २० विश्वकपअन्तर्गत दोस्रो खेलमा पनि पाकिस्तान पराजित भएको छ । आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको हो । तल्लो क्रमका ब्याटरले आशालाग्दो प्रदर्शन गर्न नसकेपछि पाकिस्तान लगातार हार बेहार्ने बाध्य भयो ।

पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । यो हारले पाकिस्तानकाे शीर्ष आठ सम्भावना निकै कमजोर बनेको छ । भारतको भने लगातार दोस्रो जित हो ।

भारत लगातार दोस्रो जितसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । अमेरिका पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रह्यो । क्यानाडाको दुई अंक छ । पाकिस्तान र आयरल्यान्ड अंकविहिन छन् ।

न्युयोर्कमा भएको विश्वकपको १९औं खेलमा टस हारेर ब्याटिङ गरेको भारतले १९औं ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा पूरा ओभर खेलेपछि पाकिस्तानले सात विकेट गुमाएर मात्र एक सय १३ रन बनाउन सक्यो । 

पाकिस्तानको इनिङ्समा ओपनर मोहम्मद रिजवानले ४४ बलमा ३१ रन बनाए । इमाद वासिमले १५, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए । भारतका जसप्रित बुमराहले सर्वाधिक तीन विकेट लिए ।

यसअघि भारतको लागि ऋषभ पन्तले ३१ बलमा सर्वाधिक ४२ रन बनाएका हुन् । अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १३ रन बनाए । पाकिस्तानका नसिम शाह र हरिस राउफले समान तीन विकेट हात पारेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो