चैत्र १८, २०८२ बुधबार | १३:१०:३१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

दक्षिण अफ्रिकाविरुद्ध वेष्ट इन्डिजको ‘क्लिन स्विप’

काठमाडौं । विश्वकपअघि भएको मैत्रीपूर्ण तीन खेल जित्दै वेष्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको शृंखला ‘क्लिन स्विप’ गरेको छ ।

आइतबार राति भएको अन्तिम खेलमा वेष्ट इन्डिज आठ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा वेष्ट इन्डिजले दुई विकेट गुमाउँदा १३.५ ओभरमा जित निकालेको हो ।

यसअघि पहिलो खेल वेष्ट इन्डिजले २८ र दोस्रो खेल १६ रनले जितेको थियो ।

वेष्ट इन्डिजको जितमा ओपनर जनसन चार्लेसले २६ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर तथा कप्तान ब्रान्डन किङ्गले २८ बलमा ४४ रन बनाए ।

केली मायर्सले ३६ रनको योगदान गरे । पहिलो विकेटको लागि ब्रान्डन र जनसनबीच ९२ रनको बलियो साझेदारी भएको थियो ।

यसअघि टस जितेको दक्षिण अफ्रिकाको लागि कप्तान रासी भान डेर डुसेनले ३१ बलमा ५१ रन बनाएका हुन् । विआन मुल्डेरले ३६, ओपनर क्विन्टन डि ककले १९ र रायन रिकेल्टनले १८ र पाट्रिक क्रुगरले १६ रनको योगदान गरेका थिए ।

वेष्ट इन्डिजका ओवेद म्याककोयले सर्वाधिक तीन विकेट लिए । सामर जोसेफ र गुडाकेस मोटीले समान दुई विकेट हात पारे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो