पुस २२, २०८२ बुधबार | १९:३०:४८
भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो

पुल्चोकको पहिलो हार

काठमाडौं । पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पराजय ब्यहोरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार पुल्चोक मनोहरा युनाइटेड युथ क्लबसँग ४-१ ले निरास बन्यो ।

लगातार तेस्रो जितसँगै चार खेलमा नौ अंक जोडेको मनोहरा चौथो स्थानमा उक्लिएको छ । पराजित पुल्चोक समान खेलबाट नौ अंकका साथ दोस्रो स्थामा छ ।

मनोहरालाई जित दिलाउन सञ्जय श्रेष्ठले दुई तथा विवस मगर र लिलाबहादुर थापाले समान एक गोल गरे । पुल्चोकका लागि सिरबलो तामाङले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा सञ्जयको गोलमार्फत मनोहराले अग्रता लियो । उत्तम शाहीको हेडरलाई पुल्चोकका रक्षकले गोल लाइबाट बचाए पनि रिबाउन्डलाई सञ्जयले पोस्टको दिशा दिए । आविष्कार खड्काकाे क्रसमा उक्त मुभ बनेको थियो ।

पुल्चोकले १० मिनेटपछि नै बराबरी गर्ने सुनौलो अवसर गुमायो । सलिल ढकालले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उत्तमले सिरबलो तामाङलाई लडाएपछि पुल्चोकले पेनाल्टीको अवसर पाएको थियो । तर सलिलको प्रहार आकाशिन पुग्यो ।

५१औं मिनेटमा विवसले टोलीको अग्रता दोब्बर बनाए । उनले आविष्कारको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

लिलाले ७८औं मिनेटमा सञ्जयको थ्रु पासलाई गोलमा परिणत गर्दै मनोहराको अग्रता ३-० बनाए । एक मिनेटपछि नै सिरबले पुल्चोकका लागि सान्त्वना गोल गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै मनोहरालाई ४-१ को सहज जित दिलाए । उनले उत्तम शाहीको पासलाई पोस्टको दिशा दिए ।

बुधबार नै सम्पन्न खेलमा गोलबजार स्पोर्टस क्लब र रानीवन स्पोर्टस क्लब १-१ को बराबरीमा रोकियो ।

 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA