चैत्र १५, २०८२ आइतबार | १४:२९:३२
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

पुल्चोकको पहिलो हार

काठमाडौं । पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पराजय ब्यहोरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार पुल्चोक मनोहरा युनाइटेड युथ क्लबसँग ४-१ ले निरास बन्यो ।

लगातार तेस्रो जितसँगै चार खेलमा नौ अंक जोडेको मनोहरा चौथो स्थानमा उक्लिएको छ । पराजित पुल्चोक समान खेलबाट नौ अंकका साथ दोस्रो स्थामा छ ।

मनोहरालाई जित दिलाउन सञ्जय श्रेष्ठले दुई तथा विवस मगर र लिलाबहादुर थापाले समान एक गोल गरे । पुल्चोकका लागि सिरबलो तामाङले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा सञ्जयको गोलमार्फत मनोहराले अग्रता लियो । उत्तम शाहीको हेडरलाई पुल्चोकका रक्षकले गोल लाइबाट बचाए पनि रिबाउन्डलाई सञ्जयले पोस्टको दिशा दिए । आविष्कार खड्काकाे क्रसमा उक्त मुभ बनेको थियो ।

पुल्चोकले १० मिनेटपछि नै बराबरी गर्ने सुनौलो अवसर गुमायो । सलिल ढकालले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उत्तमले सिरबलो तामाङलाई लडाएपछि पुल्चोकले पेनाल्टीको अवसर पाएको थियो । तर सलिलको प्रहार आकाशिन पुग्यो ।

५१औं मिनेटमा विवसले टोलीको अग्रता दोब्बर बनाए । उनले आविष्कारको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

लिलाले ७८औं मिनेटमा सञ्जयको थ्रु पासलाई गोलमा परिणत गर्दै मनोहराको अग्रता ३-० बनाए । एक मिनेटपछि नै सिरबले पुल्चोकका लागि सान्त्वना गोल गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै मनोहरालाई ४-१ को सहज जित दिलाए । उनले उत्तम शाहीको पासलाई पोस्टको दिशा दिए ।

बुधबार नै सम्पन्न खेलमा गोलबजार स्पोर्टस क्लब र रानीवन स्पोर्टस क्लब १-१ को बराबरीमा रोकियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो