चैत्र १२, २०८२ बिहीबार | १५:५६:४३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

नेपालले दियो हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले हङकङसामू १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ४४ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए ।

हङकङका लागि आयुश सुक्लाले तीन तथा अतिक इक्बाल, यासिम मुर्तजा र एहशान खानले समान एक विकेट लिए ।

एसिसी एसिया कप पुग्ने सम्भावना सकिए पनि यो खेलको विजेता एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया  कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीको सहभागिता रहनेछ ।

सेमिफइनलमा नेपाल युएईसँग ६ विकेट र हङकङ घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएका थिए ।

हङकङ र नेपाल यसै प्रतियोगिताको समूह चरणमा पनि भिडेका थिए । उक्त खेल नेपालले आठ विकेटले जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो