चैत्र १३, २०८२ शुक्रबार | ११:१५:२८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौं । घरेलु टोली मुम्बई इन्डियन्समाथि ६ विकेटको जित निकाल्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग ( आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

लगतार तेस्रो जित निकालेका राजस्थानले तीन खेलामा ६ अंक जोडेको छ । लगातर तेस्रो पराजय ब्यहोरेको मुम्बई विना अंक पुछारमा छ ।

वांखडे क्रिकेट रंगशालामा सोमबार मुम्बई प्रस्तुत गरेको १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । रजास्थानका लागि रियान परागले ३९ बलमा पाँच चौका र तीन छक्कको मद्दतले अविजित ५४ रनको योगदान गरे ।

यसैगरी रविचन्द्रन आश्विन १६, जस बटलरले १३, कप्तान सन्जु स्यामसनले १३ ,यशस्वी जैसवालले १० रन बनाए ।

चौथो विकेटका लागि रियान र रविचन्द्रनले ४० रनको साझेदारी गरे । मुम्बईका लागि आकाश मधवालले तीन र क्वेना मफाकाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १२५ रनको योगफल तयार पार्यो । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ३४, तिलक बर्मा ३२, टिम डेविडले १७ र इशान किशन १६ रन बनाए ।

पाँचौं विकेटका लागि हार्दिक र तिलकले ५४ रनको साझेदारी गरे । राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान तीन, नाद्रे बर्गरले दुई र आवेश खानले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो