चैत्र ४, २०८२ बुधबार | १८:०५:५३
ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा

यु-१९ महिला क्रिकेटः कोहलपुर मेयर-११ फाइनलमा

काठमाडौं । कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृति यु-१९ महिला राष्ट्रिय ट्वान्टी २०  क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदान मंगलबार सम्पन्न दोश्रो खेलमा कोहलपुरले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। 

सुदूरपश्चिमले प्रस्तुत गरेको ९२ रनको लक्ष्य कोहलपुरले  १७.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । कोहलपुरका लागि साना प्रविनले सर्वाधिक ३९ र प्रतिमा शाहले अविजित १८ रन बनाए ।

सुदूरपश्चिमका लागि रबिना साउदले दुई तथा स्नेहा महरा र निशा खडायतले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेका सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल तयार पार्यो । सुदूरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान गरिन् । यसैगरी रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाए।

कोहलपुरका लागि भवानी कमातीले सर्वाधिक तीन आरति महतोले दुइै तथा हैमवती रोय र तृष्णा विश्वकर्माले एक विकेट लिए।

बागमतीको दोस्रो जित

यसैगरी दिनको पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै बागमती प्रदेशले दोस्रो जित दर्ता गर्यो ।

गण्डकीले प्रस्तुत गरेको ५७ रनको लक्ष्य बागमतीले तीन विकेट गुमाउँदै  पुरा गर्यो। बागमतीका लागि एली यादवले १५ तथा विपिशा शाहीले १२ रन योगदान दिए।

गण्डकीका लागि निरुता जिटी, रचना चौधरी र सिमाना केसीले समान विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनको योगफल तयार पार्यो ।

गण्डकीका लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बागमतीका लागि बलर मनिषा उपाध्यायले दुई तथा क्रिश्मा गुरुङले एक विकेट लिए। बागमतीले अन्य ५ विकेट रन आउटमार्फत पायो।

तीनै  खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ सहित शीर्ष स्थानमा छ। यस्तै बागमती प्रदेश तीन खेलमा चार अंकसहित तेश्रो स्थानमा छ। समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। ३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौंथो तथा तिन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ।

प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। सुदूरपश्चिमले लुम्बिनी प्रदेश तथा बागमती प्रदेशले कोहलपुर मेयर ११ को सामनान गर्नेछन्।

सबै टोलीले एक अर्कासंग एक खेल खेलेपछि अंक तालिकाको शिर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं