माघ १८, २०८२ आइतबार | ०३:११:०४
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

यु-१९ महिला क्रिकेटः कोहलपुर मेयर-११ फाइनलमा

काठमाडौं । कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृति यु-१९ महिला राष्ट्रिय ट्वान्टी २०  क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदान मंगलबार सम्पन्न दोश्रो खेलमा कोहलपुरले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। 

सुदूरपश्चिमले प्रस्तुत गरेको ९२ रनको लक्ष्य कोहलपुरले  १७.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । कोहलपुरका लागि साना प्रविनले सर्वाधिक ३९ र प्रतिमा शाहले अविजित १८ रन बनाए ।

सुदूरपश्चिमका लागि रबिना साउदले दुई तथा स्नेहा महरा र निशा खडायतले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेका सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल तयार पार्यो । सुदूरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान गरिन् । यसैगरी रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाए।

कोहलपुरका लागि भवानी कमातीले सर्वाधिक तीन आरति महतोले दुइै तथा हैमवती रोय र तृष्णा विश्वकर्माले एक विकेट लिए।

बागमतीको दोस्रो जित

यसैगरी दिनको पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै बागमती प्रदेशले दोस्रो जित दर्ता गर्यो ।

गण्डकीले प्रस्तुत गरेको ५७ रनको लक्ष्य बागमतीले तीन विकेट गुमाउँदै  पुरा गर्यो। बागमतीका लागि एली यादवले १५ तथा विपिशा शाहीले १२ रन योगदान दिए।

गण्डकीका लागि निरुता जिटी, रचना चौधरी र सिमाना केसीले समान विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनको योगफल तयार पार्यो ।

गण्डकीका लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बागमतीका लागि बलर मनिषा उपाध्यायले दुई तथा क्रिश्मा गुरुङले एक विकेट लिए। बागमतीले अन्य ५ विकेट रन आउटमार्फत पायो।

तीनै  खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ सहित शीर्ष स्थानमा छ। यस्तै बागमती प्रदेश तीन खेलमा चार अंकसहित तेश्रो स्थानमा छ। समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। ३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौंथो तथा तिन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ।

प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। सुदूरपश्चिमले लुम्बिनी प्रदेश तथा बागमती प्रदेशले कोहलपुर मेयर ११ को सामनान गर्नेछन्।

सबै टोलीले एक अर्कासंग एक खेल खेलेपछि अंक तालिकाको शिर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।