चैत्र १८, २०८२ बुधबार | १३:३६:०१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपाल भारतसँग पराजित

काठमाडौं । आइसिसी यु-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १ सउ ३२ रनको पराजय ब्यहोरेको छ ।

हारसँगै नेपाल सुपर सिक्समा जितविहिन बनेको छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले स्तब्ध बनेको थियो । जितसँगै चार खेलमा ८ अंक जोडेको भारतले भने सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा शुक्रबार भारतले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरेपनि ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि  कप्तान देव खनालले ३३, दुर्गेश गुप्ताले अविजित २९,अर्जुृन कुमालले २६, दीपक बोहराले २२ र आकाश चन्दले अविजित १८ रन बनाए ।

भारतका लागि सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यसैगरी आर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आरध्य शुक्ला र मुरुगन अविशेकले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सचीन दासले १ सय १ बलमा ११ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १ सय १६ रनको योगदान गरे । यसैगरी कप्तान उदय सहरनले १ सय ७ बलमा ९ चैकाको मद्दतले १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए ।


चौंथो विकेटका लागि उदय र सचीनले २ सय १५ रनको साझेदारी गरे । यी दुई खेलाडीले शिखर धवन र सुरेश रैनाको नाममा रहेको चौंथो विकेटको कीर्तिमानी साझेदारी तोडेका हुन् । २००४ मा भएको यु(१९ विश्वकपमा रैना र धवनले १ सय ३४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि गुल्सन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो