माघ १६, २०८२ शुक्रबार | ०४:५२:३६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपाल भारतसँग पराजित

काठमाडौं । आइसिसी यु-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १ सउ ३२ रनको पराजय ब्यहोरेको छ ।

हारसँगै नेपाल सुपर सिक्समा जितविहिन बनेको छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले स्तब्ध बनेको थियो । जितसँगै चार खेलमा ८ अंक जोडेको भारतले भने सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा शुक्रबार भारतले प्रस्तुत गरेको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरेपनि ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि  कप्तान देव खनालले ३३, दुर्गेश गुप्ताले अविजित २९,अर्जुृन कुमालले २६, दीपक बोहराले २२ र आकाश चन्दले अविजित १८ रन बनाए ।

भारतका लागि सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यसैगरी आर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आरध्य शुक्ला र मुरुगन अविशेकले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सचीन दासले १ सय १ बलमा ११ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १ सय १६ रनको योगदान गरे । यसैगरी कप्तान उदय सहरनले १ सय ७ बलमा ९ चैकाको मद्दतले १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए ।


चौंथो विकेटका लागि उदय र सचीनले २ सय १५ रनको साझेदारी गरे । यी दुई खेलाडीले शिखर धवन र सुरेश रैनाको नाममा रहेको चौंथो विकेटको कीर्तिमानी साझेदारी तोडेका हुन् । २००४ मा भएको यु(१९ विश्वकपमा रैना र धवनले १ सय ३४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि गुल्सन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।