चैत्र ६, २०८२ शुक्रबार | १३:३२:३०
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ३ विकेटको जित हासिल गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६ ओभर २ बलमा मात्र ८७ रनमा समेटियो । सुदूर पश्चिमलाई कम रनमा अलआउट पार्न एपिएफका लागि चन्दन रामले ७ ओभरमा ५१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिए । त्यस्तै भुवन कार्कीले ६ ओभर २ बलमा ३ तथा कप्तान रोहीत पौडेलले २ ओभरमा २ विकेट लिए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा समान ३ छक्का र चौका प्रहार गर्दै नटआउट ३१ रनको पारी खेले । ओपनर खदक बोहराले ३३ बलमा २ चक्काको मद्धतमा २४ रन बनाउँदा अन्य खलाडीले दोहोरो अंक छुन सकेनन् । अर्का ओपनर टेक रावत खाता नै खोल्न नपाई पेभिलियन फर्के । नरेन भट्ट र कप्तान राजु रिजाल १ रनमा पेभिलियन फर्किँदा किरन थगुन्ना र सेर मल्ल ५ रनमा आउट भए । नरेन साउद, दीपक चन्द र भोज राज भट्टले भने खाता नै खोल्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको एपिएफले १४ ओभर १ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । एपिएफका लागि ओपनर लोकेश बमले ६ तथा आशिफ सेखले १५ रन जोड्दा सुमीत महर्जन र कप्तान रोहीत समान ४ रन बनाउँदै पेभिलियन फर्के । त्यसपछि आएका भुवन कार्कीले १४ रन जोड्दा सन्दीप जोराले १८, प्रदीप ऐरीले १२ र अमर रौटेलाले ४ रन बनाए ।

सुदूरपश्चिमका लागि दीपकले सात ओभरमा ३६ रन खर्चिँदै सर्वाधिक ४ र नरेनले ६ ओभरमा ४४ रन खर्चिँदै ३ विकेट लिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो