चैत्र १०, २०८२ मंगलबार | २२:२०:५४
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

आर्मीले लुम्बिनीलाई हरायो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ६५ रनको जित निकालेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको आर्मी  तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको लुम्बिनी चार खेलमा दुई अंकका साथ नवौं स्थानमा छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालमा आर्मीले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै १ सय ५ रन मात्र बनाउन सक्यो । खराब मौसमका कारण टसमा ढिलाइ भएपछि खेललाई २६ ओभरमा झारिएको थियो ।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३५, मृनाल गुरुङले १८, मोहम्मद हुसेनले १५ र अविशेक गौतमले अविजित ११ रन बनाए ।

आर्मीका लागि कुशल मल्लले ६ ओभरमा दुई मेडनसहित चार विकेट लिए । यसैगरी सोमपाल कामीले दुई अविनाश कर्ण र साहब आलमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २६ ओभरमा सात विकेट गुमाउँदै १ सय ७० रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि इम्रान शेखले ७० बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले ३४, भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि इम्रान र भीमले ७६ रनको साझेदारी गरे । लुम्बिनीका लागि मोहम्मद हुसेन र नर सार्कीले समान दुई तथा कृष्ण कार्की र निर्मल गुरुङले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो