माघ १७, २०८२ शनिबार | १५:३९:१२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आर्मीले लुम्बिनीलाई हरायो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ६५ रनको जित निकालेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको आर्मी  तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको लुम्बिनी चार खेलमा दुई अंकका साथ नवौं स्थानमा छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालमा आर्मीले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै १ सय ५ रन मात्र बनाउन सक्यो । खराब मौसमका कारण टसमा ढिलाइ भएपछि खेललाई २६ ओभरमा झारिएको थियो ।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३५, मृनाल गुरुङले १८, मोहम्मद हुसेनले १५ र अविशेक गौतमले अविजित ११ रन बनाए ।

आर्मीका लागि कुशल मल्लले ६ ओभरमा दुई मेडनसहित चार विकेट लिए । यसैगरी सोमपाल कामीले दुई अविनाश कर्ण र साहब आलमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २६ ओभरमा सात विकेट गुमाउँदै १ सय ७० रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि इम्रान शेखले ७० बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले ३४, भीम सार्कीले २४ र सन्तोष कार्कीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि इम्रान र भीमले ७६ रनको साझेदारी गरे । लुम्बिनीका लागि मोहम्मद हुसेन र नर सार्कीले समान दुई तथा कृष्ण कार्की र निर्मल गुरुङले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।