माघ १८, २०८२ आइतबार | १२:०९:२५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नेपालले स्कटल्यान्डलाई हरायो

फाइल तस्बिर

काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकपअघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लुइस पद्धति (डिएलएस) को आधारमा सात विकेटले पराजित गरेको छ ।

१ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेट गुमाउँदै  ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । 

नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए । स्कटल्यान्डका लागि  इब्रमहिम फैसलले दुई तथा म्याकेन्जी जोन्सले  एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार पारेको थियो । स्कटल्यान्डका लागि उजिर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए ।

नेपालका लागि  गुल्सन झा र तिलकरा भण्डारीले समान तीन विकेट लिए ।

नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघि दुई अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।