माघ १९, २०८२ सोमबार | ०२:०८:२८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

काठमाडौं जिल्ला छनोटः ग्रेट हिमालयन र न्यु भिजन विजयी

काठमाठौं । प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटमा शुक्रबार ग्रेट हिमालय क्रिकेट क्लब र न्यु भिजन क्लबले जित हात पारेका छन् ।

ग्रेट हिमालयनले बलुवाटर क्रिकेट क्लबलाई ७० तथा न्यु भिजनले नेसक्स क्रिकेट क्लबलाई १ सय ९ रनले पराजित गरे ।

मलपानी क्रिकेट मैदान (तल्लो) मा ग्रेट हिमालयनले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको बालुवाटर २२.३ ओभरमा १ सय १४ रनमै समेटियो ।

बालुवाटारका लागि सुजल खड्गीले ४२ र विशाल रायमाझीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । ग्रेट हिमालयनका लागि दर्शिल विष्टले तीन तथा देवानन्द पास्वान अ‍ैजाज खान दीपक केवतले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले निर्धारित २५ ओभरमा सात विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो ।

ग्रेट हिमालयनका लागि कप्तान इशान पाण्डेले ६४ बलमा नौ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी देवानन्द पास्वानले २८, दीपक केवतले अविजित १७ र जय लामाले १५ रन बनाए ।

पहिलो विकेटका लागि  इसान र जयले ५५ रनको साझेदारी गरे । बालुवाटरका लागि  राजन शाहले चार तथा ओमकार यादव, दीपेश शाह र मोन्सन सिंहले समान एक विकेट लिए ।

अर्को खेलमा न्यु भिजनले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेक्सस १५.१ ओभरमा ३९ रनमै समेटियो । नेक्ससका लागि निरज ओलीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्यु भिजनका लागि अविरल घिमिरेले ४.१ ओभरमा मात्र आठ रन खर्चिदै आठ विकेट लिए । यसैगरी राम चौधरी र बिनम बुढाथोकीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यु भिजनले २२.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल तयार पारेको थियो ।

न्यु भिजनका लासिग शुसन कार्कीले ३९, रसिक काफ्लेले ३६, बबिन बोहराले २६ र सागर लामाले १० रन बनाए ।

दोस्रो विकेटका लागि शुसन र बबिनले ६१ रनको साझेदारी गरे । नेक्ससका लागि सुशान्त थापा, विश्वास खत्री र निरज ओलीले समान तीन तथा विशाल शाहले एक विकेट लिए ।

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।