चैत्र १३, २०८२ शुक्रबार | १४:११:१९
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

काठमाडौं जिल्ला छनोटः ग्रेट हिमालयन र न्यु भिजन विजयी

काठमाठौं । प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटमा शुक्रबार ग्रेट हिमालय क्रिकेट क्लब र न्यु भिजन क्लबले जित हात पारेका छन् ।

ग्रेट हिमालयनले बलुवाटर क्रिकेट क्लबलाई ७० तथा न्यु भिजनले नेसक्स क्रिकेट क्लबलाई १ सय ९ रनले पराजित गरे ।

मलपानी क्रिकेट मैदान (तल्लो) मा ग्रेट हिमालयनले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको बालुवाटर २२.३ ओभरमा १ सय १४ रनमै समेटियो ।

बालुवाटारका लागि सुजल खड्गीले ४२ र विशाल रायमाझीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । ग्रेट हिमालयनका लागि दर्शिल विष्टले तीन तथा देवानन्द पास्वान अ‍ैजाज खान दीपक केवतले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले निर्धारित २५ ओभरमा सात विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो ।

ग्रेट हिमालयनका लागि कप्तान इशान पाण्डेले ६४ बलमा नौ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी देवानन्द पास्वानले २८, दीपक केवतले अविजित १७ र जय लामाले १५ रन बनाए ।

पहिलो विकेटका लागि  इसान र जयले ५५ रनको साझेदारी गरे । बालुवाटरका लागि  राजन शाहले चार तथा ओमकार यादव, दीपेश शाह र मोन्सन सिंहले समान एक विकेट लिए ।

अर्को खेलमा न्यु भिजनले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेक्सस १५.१ ओभरमा ३९ रनमै समेटियो । नेक्ससका लागि निरज ओलीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्यु भिजनका लागि अविरल घिमिरेले ४.१ ओभरमा मात्र आठ रन खर्चिदै आठ विकेट लिए । यसैगरी राम चौधरी र बिनम बुढाथोकीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्यु भिजनले २२.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल तयार पारेको थियो ।

न्यु भिजनका लासिग शुसन कार्कीले ३९, रसिक काफ्लेले ३६, बबिन बोहराले २६ र सागर लामाले १० रन बनाए ।

दोस्रो विकेटका लागि शुसन र बबिनले ६१ रनको साझेदारी गरे । नेक्ससका लागि सुशान्त थापा, विश्वास खत्री र निरज ओलीले समान तीन तथा विशाल शाहले एक विकेट लिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो