चैत्र ८, २०८२ आइतबार | १५:४१:४७
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

प्रधानमन्त्री कपका लागि एपिएफ र सुदूरपश्चिमको टोली घोषणा

फाइल तस्विरः एपिएफको टोली

काठमाडौं । नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले बिहीबारदेखि सुरु हुने प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय प्रतियोगिताका लागि टोली घोषणा गरेका छन् ।

एपिएफले सीता राना मगर र सुदूरपश्चिमले ऋतु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् । पुस ५ गते यी दुईले एक-अर्कासँग भिड्दै प्रतियोगिताको सुरुआत गर्नेछन् ।

प्रतियोगिता पुस ५ देखि १७ गतेसम्म मुलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ ।

प्रतियोगितामा पहिलो पटक सबै सहभागी टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

फाइल तस्विरः सूदूरपश्चिमको टोली

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

एपिएफको टोली

सीता राना मगर (कप्तान), इन्दु बर्मा, करुणा भण्डारी, ज्योती पाण्डे ( विकेटकिपर) सरिता मगर, रेखा रावल, ममता चौधरी,  रोमा थापा, राजमती ऐरी, विनु बुढा मगर, सोमु खड्का, नेरी थापा, मञ्जु बोकटी( विकेटकिपर), सुमन विष्ट

सुदूरपश्चिमको टोली 

ऋतु कनौजिया (कप्तान), कविता जोशी, सम्झना खड्का, सोभा रोकाय, अनु कडायत, विन्दु रावल (उपकप्तान), इश्वरी विष्ट, रुवी पोदार,सावित्री धामी, लक्ष्मि साउद,  मनिषा चौधरी, राधिका पुजारा, जानकी थापा, रेवती धामी 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो