माघ १७, २०८२ शनिबार | १६:१४:०४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

भारतको सान्त्वना जित

काठमाडौं । इङ्ल्यान्डविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंलाको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली भारत ५ विकेटले विजयी भएको छ । सान्त्वना जितसँगै भारतले आफूलाई ‘क्लिनस्विप’ हुनबाट भने बचायो ।

अन्तिम खेलमा भारत विजयी भए पनि तीन खेलको शृखंला भने इङ्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पारेको छ । इङ्ल्यान्ड पहिलो खेलमा ३८ रन तथा दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा आइतबार इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य भारतले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि स्मृति मन्धनाले ४८, जेमिमा रोड्रिगेजले २९, अमनजोत कौरले अविजित १३ र दिप्ति शर्माले १२ रन बनाए ।

दोस्रो विकेटका लागि मन्धना र रोड्रिगेजले ५७ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोन र फ्रिया केम्पले समान २ तथा सारा ग्लेन, चार्ली डिनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि कप्तान हैदर नाइटले ४२ बलमा समान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान दिइन् । यसैगरी एमी जोन्सले २५, चार्ली डिनले अविजित १६ र सोफिया डन्किलीले ११ रन बनाए ।

नवौं विकेटका लागि नाइट र डिनले ५० रनको साझेदारी गरे । भारतका लागि साइका इशाक र श्रीयन्का पाटिलले समान ३ तथा रेनुका सिंह र अमनजोत कौरले समान २ विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।