चैत्र १६, २०८२ सोमबार | ०८:२८:०५
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

भारतको सान्त्वना जित

काठमाडौं । इङ्ल्यान्डविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंलाको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली भारत ५ विकेटले विजयी भएको छ । सान्त्वना जितसँगै भारतले आफूलाई ‘क्लिनस्विप’ हुनबाट भने बचायो ।

अन्तिम खेलमा भारत विजयी भए पनि तीन खेलको शृखंला भने इङ्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पारेको छ । इङ्ल्यान्ड पहिलो खेलमा ३८ रन तथा दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा आइतबार इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य भारतले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि स्मृति मन्धनाले ४८, जेमिमा रोड्रिगेजले २९, अमनजोत कौरले अविजित १३ र दिप्ति शर्माले १२ रन बनाए ।

दोस्रो विकेटका लागि मन्धना र रोड्रिगेजले ५७ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोन र फ्रिया केम्पले समान २ तथा सारा ग्लेन, चार्ली डिनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २६ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि कप्तान हैदर नाइटले ४२ बलमा समान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान दिइन् । यसैगरी एमी जोन्सले २५, चार्ली डिनले अविजित १६ र सोफिया डन्किलीले ११ रन बनाए ।

नवौं विकेटका लागि नाइट र डिनले ५० रनको साझेदारी गरे । भारतका लागि साइका इशाक र श्रीयन्का पाटिलले समान ३ तथा रेनुका सिंह र अमनजोत कौरले समान २ विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो