माघ १०, २०८२ शनिबार | ०४:४३:४७
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेली

काठमाडौं । नेपालले भर्खरै घरेलु मैदानमै सम्पन्न आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको फाइनलमा स्थान बनाउँदै जुन महिनामा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान बनाएको छ ।

नेपालले १० वर्षपछि ट्वान्टी २० विश्वकपमा स्थान सुरक्षित गरेको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको झन्डै २७ वर्ष बिते पनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता भने सन् २०१४ को विश्वकपपछि प्राप्त गरेको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपमा छनोट भएपछि आइसिसीले नेपाललाई सिधै ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ५२ खेलमा एक शतक र सात अर्धशतकसहित १ हजार ३ सय ४४ रन बनाएका छन् ।

सन् २०१४ मार्च १६ मा हङकङविरुद्ध खेल्दै नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो । उक्त खेलमा नेपालले ८० रनको सहज जित निकालेको छ ।

त्यसयता नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ७० खेल खेल्दा ४२ जित र २६ हारको नतिजा निकालेको छ । एक खेल टाइ हुँदा एक खेल विना नतिजा टुंगिएको छ ।

नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्स, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) सँग ट्वान्टी २० अन्तर्राष्ट्रियका समान ९ खेल खेलेको छ ।

नेपालले नेदरल्यान्ड्ससँग समान ४ जित र हार नतिजा निस्कँदा एक खेल विना नतिजा टुंगिएको छ । मलेसियाविरुद्ध नेपालले ८ खेल जित्दा एक खेलमात्र गुमाउँदा युएईविरुद्ध ५ जित र ४ हारको नतिजा निकालेको छ ।

नेपालले टेस्ट राष्ट्रको रूपमा आयरल्यान्ड र जिम्बावेसँग समान २ तथा भारत, अफगानिस्तान र बंगलादेशसँग समान एक खेल खेलेको छ । नेपालको सामना गर्दा आयरल्यान्ड र अफगानिस्तानले भने टेस्ट मान्यता पाइसकेका थिएनन् ।

नेपालले हङकङसँग ७, ओमानसँग ६, केन्यासँग ५, पपुवा न्युगिनी (पिएनजी) सँग ४, सिंगापुर र माल्दिभ्ससँग समान ३ तथा भुटान, क्यानडा, कुवेत, मंगोलिया, फिलिपिन्स, कतार र थाइल्यान्डसँग  समान एक खेलेको छ ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ५२ खेलमा एक शतक र सात अर्धशतकसहित १ हजार ३ सय ४४ रन बनाएका छन् ।

उच्च व्यक्तिगत स्कोर कुशल मल्लको नाममा छ । उनले गत महिना चीनमा सम्पन्न एसियाली खेलकुदमा मंगोलियाविरुद्ध अविजित १ सय ३७ रन प्रहार गरेका थिए ।

बलिङतर्फ सन्दीप लामिछानेले सबैभन्दा धेरै ५१ खेलमा ९८ विकेट लिइसकेका छन् ।  ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी सुवास खकुरेल हुन् । उनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ५४ रन बनाएका थिए ।

शतक प्रहार गर्ने पहिलो खेलाडी पारस खड्का हुन् । पूर्वकप्तान उनले सन् २०१९ मा सिंगापुरविरुद्ध अविजित १ सय ६ रन बनाएका थिए ।

उच्च व्यक्तिगत स्कोर कुशल मल्लको नाममा छ । उनले गत महिना चीनमा सम्पन्न एसियाली खेलकुदमा मंगोलियाविरुद्ध अविजित १ सय ३७ रन प्रहार गरेका थिए ।

नेपालले एकै खेलमा सबैभन्दा धेरै रन यही वर्ष मंगोलियाविरुद्ध ३ सय १४ र सबैभन्दा कम सन् २०१५ मा आयरल्यान्डविरुद्ध ५३ रन बनाएको थियो ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा बनेका कीर्तिमान

नेपालले गत महिना मंगोलियाविरुद्धको खेलमा चार विश्व कीर्तिमान कायम गरेको थियो । यो हाङचउ एसियाली खेलकुदमा हो ।

नेपालले मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियको सबैभन्दा ठूलो योगफल हो । यससँगै ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपाल ३ सय रन कटाउने पहिलो र एक्लो राष्ट्र पनि बनेको थियो ।

नेपालले उक्त खेलमा २ सय ७३ रनको फराकिलो जित निकालेको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो ।

यही खेलमा कुशल मल्लले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो सबैभन्दा कम बलमा पूरा भएको शतक हो । कुशलले भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका सुदेश विक्रमासेकराको नाममा रहेको ३५ बलको कीर्तिमान तोडेका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक पूरा गरेका थिए । यो ट्वान्टी २० अन्तर्राष्ट्रियको सबैभन्दा छिटो बनेको अर्धशतक हो । दीपेन्द्रले भारतका युवराज सिंहले बनाएको १२ बलको कीर्तिमान तोडेका हुन् । दीपेन्द्रसिंहको कीर्तिमान तोड्न भने गाह्रो अवस्था छ ।

नेपालले उक्त खेलमा २ सय ७३ रनको फराकिलो जित निकालेको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो ।

यसअघि सन् २०१९ मा चेक गणतन्त्रले टर्कीविरुद्ध निकालेको २ सय ५७ रनको जित सबैभन्दा फराकिलो अन्तरको थियो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate