फाल्गुन २९, २०८२ शुक्रबार | १५:३१:४६
चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेली

काठमाडौं । नेपालले भर्खरै घरेलु मैदानमै सम्पन्न आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको फाइनलमा स्थान बनाउँदै जुन महिनामा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान बनाएको छ ।

नेपालले १० वर्षपछि ट्वान्टी २० विश्वकपमा स्थान सुरक्षित गरेको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको झन्डै २७ वर्ष बिते पनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता भने सन् २०१४ को विश्वकपपछि प्राप्त गरेको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकपमा छनोट भएपछि आइसिसीले नेपाललाई सिधै ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ५२ खेलमा एक शतक र सात अर्धशतकसहित १ हजार ३ सय ४४ रन बनाएका छन् ।

सन् २०१४ मार्च १६ मा हङकङविरुद्ध खेल्दै नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो । उक्त खेलमा नेपालले ८० रनको सहज जित निकालेको छ ।

त्यसयता नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ७० खेल खेल्दा ४२ जित र २६ हारको नतिजा निकालेको छ । एक खेल टाइ हुँदा एक खेल विना नतिजा टुंगिएको छ ।

नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्स, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) सँग ट्वान्टी २० अन्तर्राष्ट्रियका समान ९ खेल खेलेको छ ।

नेपालले नेदरल्यान्ड्ससँग समान ४ जित र हार नतिजा निस्कँदा एक खेल विना नतिजा टुंगिएको छ । मलेसियाविरुद्ध नेपालले ८ खेल जित्दा एक खेलमात्र गुमाउँदा युएईविरुद्ध ५ जित र ४ हारको नतिजा निकालेको छ ।

नेपालले टेस्ट राष्ट्रको रूपमा आयरल्यान्ड र जिम्बावेसँग समान २ तथा भारत, अफगानिस्तान र बंगलादेशसँग समान एक खेल खेलेको छ । नेपालको सामना गर्दा आयरल्यान्ड र अफगानिस्तानले भने टेस्ट मान्यता पाइसकेका थिएनन् ।

नेपालले हङकङसँग ७, ओमानसँग ६, केन्यासँग ५, पपुवा न्युगिनी (पिएनजी) सँग ४, सिंगापुर र माल्दिभ्ससँग समान ३ तथा भुटान, क्यानडा, कुवेत, मंगोलिया, फिलिपिन्स, कतार र थाइल्यान्डसँग  समान एक खेलेको छ ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ५२ खेलमा एक शतक र सात अर्धशतकसहित १ हजार ३ सय ४४ रन बनाएका छन् ।

उच्च व्यक्तिगत स्कोर कुशल मल्लको नाममा छ । उनले गत महिना चीनमा सम्पन्न एसियाली खेलकुदमा मंगोलियाविरुद्ध अविजित १ सय ३७ रन प्रहार गरेका थिए ।

बलिङतर्फ सन्दीप लामिछानेले सबैभन्दा धेरै ५१ खेलमा ९८ विकेट लिइसकेका छन् ।  ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी सुवास खकुरेल हुन् । उनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ५४ रन बनाएका थिए ।

शतक प्रहार गर्ने पहिलो खेलाडी पारस खड्का हुन् । पूर्वकप्तान उनले सन् २०१९ मा सिंगापुरविरुद्ध अविजित १ सय ६ रन बनाएका थिए ।

उच्च व्यक्तिगत स्कोर कुशल मल्लको नाममा छ । उनले गत महिना चीनमा सम्पन्न एसियाली खेलकुदमा मंगोलियाविरुद्ध अविजित १ सय ३७ रन प्रहार गरेका थिए ।

नेपालले एकै खेलमा सबैभन्दा धेरै रन यही वर्ष मंगोलियाविरुद्ध ३ सय १४ र सबैभन्दा कम सन् २०१५ मा आयरल्यान्डविरुद्ध ५३ रन बनाएको थियो ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा बनेका कीर्तिमान

नेपालले गत महिना मंगोलियाविरुद्धको खेलमा चार विश्व कीर्तिमान कायम गरेको थियो । यो हाङचउ एसियाली खेलकुदमा हो ।

नेपालले मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियको सबैभन्दा ठूलो योगफल हो । यससँगै ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपाल ३ सय रन कटाउने पहिलो र एक्लो राष्ट्र पनि बनेको थियो ।

नेपालले उक्त खेलमा २ सय ७३ रनको फराकिलो जित निकालेको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो ।

यही खेलमा कुशल मल्लले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो सबैभन्दा कम बलमा पूरा भएको शतक हो । कुशलले भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका सुदेश विक्रमासेकराको नाममा रहेको ३५ बलको कीर्तिमान तोडेका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक पूरा गरेका थिए । यो ट्वान्टी २० अन्तर्राष्ट्रियको सबैभन्दा छिटो बनेको अर्धशतक हो । दीपेन्द्रले भारतका युवराज सिंहले बनाएको १२ बलको कीर्तिमान तोडेका हुन् । दीपेन्द्रसिंहको कीर्तिमान तोड्न भने गाह्रो अवस्था छ ।

नेपालले उक्त खेलमा २ सय ७३ रनको फराकिलो जित निकालेको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो ।

यसअघि सन् २०१९ मा चेक गणतन्त्रले टर्कीविरुद्ध निकालेको २ सय ५७ रनको जित सबैभन्दा फराकिलो अन्तरको थियो । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||