माघ १८, २०८२ आइतबार | २२:५०:३२
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

एकदिवसीय विश्वकपः बंगलादेशले श्रीलंकालाई हरायो

काठमाडौं । नज्मुल हसन सान्तो र कप्तान साकिब अल हसनको उत्कृष्ट ब्याटिङप्रेरित बंगलादेशले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा श्रीलंकालाई  तीन विकेटले पराजित गरेको छ ।

जितसँगै बंगलादेशले आठ खेलमा चार अंक जोडेको छ । पराजयसँगै समान खेलबाट चार अंक नै जोडेको श्रीलंकाको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा सोमबार श्रीलंकाले प्रस्तुत गरेको २ सय ८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका लागि नज्मुलले १ सय १ बलमा १२ चौकाको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी साबिकले ६५ बलमा १२ चौका र दुई छक्काको मद्दतले ८२, लिटोन दासले २३, महमुदुल्लाहले २२, ताविद हृदयले अविजित १५ र मुस्फिकर रहिमले १० रन बनाए ।

तेस्रो विकेटका लागि नज्मुल र साकिबले १ सय ६९ रनको साझेदारी गरे । श्रीलंकाका लागि दिलशन मदुसनकाले तीन र एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि अस्लंकाले १ सय ५ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे । यसैगरी पाथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१, धनन्नजय डि सिल्भाले ३४, महेश तिक्क्षणाले २६ र कप्तान कुशल मेन्डिसले १९ रन बनाए ।

अस्लंकाले छैटौं विकेटका लागि डि सिल्भासँग ७८ र चौथो विकेटका लागि समराविक्रमासँग ६३ रनको साझेदारी गरे । यसैगरी दोस्रो विकेटका लागि निसन्का र मेन्डिसले ६१ रनको साझेदारी गरे ।

बंगलादेशका लागि तान्जिम हसन साकिबले तीन, सोरिफुल इस्लाम र साकिब अल हसनले समान दुई तथा महदी हसन मिराजले एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।