चैत्र १८, २०८२ बुधबार | १२:३३:१९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एकदिवसीय विश्वकपः बंगलादेशले श्रीलंकालाई हरायो

काठमाडौं । नज्मुल हसन सान्तो र कप्तान साकिब अल हसनको उत्कृष्ट ब्याटिङप्रेरित बंगलादेशले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा श्रीलंकालाई  तीन विकेटले पराजित गरेको छ ।

जितसँगै बंगलादेशले आठ खेलमा चार अंक जोडेको छ । पराजयसँगै समान खेलबाट चार अंक नै जोडेको श्रीलंकाको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा सोमबार श्रीलंकाले प्रस्तुत गरेको २ सय ८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका लागि नज्मुलले १ सय १ बलमा १२ चौकाको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी साबिकले ६५ बलमा १२ चौका र दुई छक्काको मद्दतले ८२, लिटोन दासले २३, महमुदुल्लाहले २२, ताविद हृदयले अविजित १५ र मुस्फिकर रहिमले १० रन बनाए ।

तेस्रो विकेटका लागि नज्मुल र साकिबले १ सय ६९ रनको साझेदारी गरे । श्रीलंकाका लागि दिलशन मदुसनकाले तीन र एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि अस्लंकाले १ सय ५ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे । यसैगरी पाथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१, धनन्नजय डि सिल्भाले ३४, महेश तिक्क्षणाले २६ र कप्तान कुशल मेन्डिसले १९ रन बनाए ।

अस्लंकाले छैटौं विकेटका लागि डि सिल्भासँग ७८ र चौथो विकेटका लागि समराविक्रमासँग ६३ रनको साझेदारी गरे । यसैगरी दोस्रो विकेटका लागि निसन्का र मेन्डिसले ६१ रनको साझेदारी गरे ।

बंगलादेशका लागि तान्जिम हसन साकिबले तीन, सोरिफुल इस्लाम र साकिब अल हसनले समान दुई तथा महदी हसन मिराजले एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो