चैत्र १३, २०८२ शुक्रबार | १२:२७:२९
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

स्कटल्यान्डको सुपर १२ प्रवेश सम्भावना बलियो 

मस्कट, (खेलाडी)-  स्कटल्यान्डले आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको प्रारम्भिक चरण अन्तर्गत आफ्नो दोस्रो खेलमामा पपुवा न्युगिनीलाई हराउँदै सुपर १२  प्रवेश सम्भावना बलियो पारेको छ ।

मंगलबार भएको समूह ‘बी’ को पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गर्ने सम्भावना प्रबल बनाएको हो । यसअघि आइतबार पहिलो खेलमा स्कटल्यान्डले बंगलादेशलाई स्तब्ध पारेको थियो ।

स्कटल्यान्डले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनको योगफल खडा गरेको थियो । पपुवा न्युगिनीका नोर्मान भानुले सर्वाधिक ४५, सेसे बाउले २४ तथा कप्तान असद भाला र केल्पिन डोरिगाले समान १८ रन बनाए । 

स्कटल्यान्डका जस डाभेले चार विकेट लिए ।

प्रतियोगितामा पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा पपुवा न्युगिनीले ओमानलाई १० विकेटको नतिजा सुम्पिएको थियो ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका रिच बेरिङ्टनले सर्वाधिक ७० र म्याथ्यु क्रसले ४५ रनको योगदान गरे । 

पपुवा न्युगिनीका कबाउ मोरियाले सर्वाधिक चार विकेट लिए । उनले २०औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

मोरिया ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन्  । यसअघि सन् २००७ को विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध र सोमबार आयरल्यान्डका कर्टिस कम्फरले

नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

प्रारम्भिक चरणको दुई समूहबाट शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो