माघ १७, २०८२ शनिबार | ११:१४:१२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

स्कटल्यान्डको सुपर १२ प्रवेश सम्भावना बलियो 

मस्कट, (खेलाडी)-  स्कटल्यान्डले आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको प्रारम्भिक चरण अन्तर्गत आफ्नो दोस्रो खेलमामा पपुवा न्युगिनीलाई हराउँदै सुपर १२  प्रवेश सम्भावना बलियो पारेको छ ।

मंगलबार भएको समूह ‘बी’ को पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गर्ने सम्भावना प्रबल बनाएको हो । यसअघि आइतबार पहिलो खेलमा स्कटल्यान्डले बंगलादेशलाई स्तब्ध पारेको थियो ।

स्कटल्यान्डले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनको योगफल खडा गरेको थियो । पपुवा न्युगिनीका नोर्मान भानुले सर्वाधिक ४५, सेसे बाउले २४ तथा कप्तान असद भाला र केल्पिन डोरिगाले समान १८ रन बनाए । 

स्कटल्यान्डका जस डाभेले चार विकेट लिए ।

प्रतियोगितामा पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा पपुवा न्युगिनीले ओमानलाई १० विकेटको नतिजा सुम्पिएको थियो ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका रिच बेरिङ्टनले सर्वाधिक ७० र म्याथ्यु क्रसले ४५ रनको योगदान गरे । 

पपुवा न्युगिनीका कबाउ मोरियाले सर्वाधिक चार विकेट लिए । उनले २०औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

मोरिया ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन्  । यसअघि सन् २००७ को विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध र सोमबार आयरल्यान्डका कर्टिस कम्फरले

नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

प्रारम्भिक चरणको दुई समूहबाट शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् ।


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।