चैत्र १८, २०८२ बुधबार | ०९:३३:४९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

पाकिस्तानविरुद्धको खेल सामान्य : कोहली

दुबई, (खेलाडी)- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी २० विश्वकपमा हुने भारत-पाकिस्तानको बहुचर्चित खेलको विषयमा प्रतिक्रिया दिँदै आफ्ना लागि उक्त खेल अन्य खेलजस्तै सामान्य रहेको बताएका छन् । 

भारत र पास्तिानबीच हुने खेलका लागि रंगशालाको टिकटको माग निक्कै उच्च रहेको छ । तर कोहलीले भने आफ्ना लागि सबै खेलको महत्व समान रहने प्रतिक्रिया दिए । 

विश्वकपमा अहिलेसम्म भारतीय टिमले पाकिस्तानसँग पराजय भोगेको छैन । पाकिस्तानका कप्तान बाबर आजमले यसपाली अक्टोबर २४ मा हुने खेल जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

विपक्षी कप्तानलाई जवाफ दिने क्रममा कोहलीले भने आफू ठूल्ठुला दाबी गर्नमा विश्वास नगर्ने बताएका छन् । भारत-पाकिस्तान खेलमा फरक अनुभव हुन्छ ? भनेर पत्रकारहरुले सोध्दा कोहलीको जवाफ थियो, ‘मलाई यस्तो कहिल्यै पनि लाग्दैन । मलाई यो पनि अरु खेलजस्तै लाग्छ । भारत र पाकिस्तानबीचको खेलको विषयमा धेरै चर्चा र प्रतिक्षा भइरहेको छ भन्ने मलाई थाहा छ । खासगरी टिकटको माग थेगिनसक्नु भएको पनि थाहा छ । तर यो पनि अरु खेलजस्तै हो ।’

कोहलीले ठट्टाको शैलीमा आफूले पनि टिकट माग्ने थुप्रै साथीहरुलाई निराश पार्नुपरेको बताए । ‘आजकाल भारत-पाकिस्तान खेलको टिकट मुल्य निक्कै बढेको छ । मलाई यतिमात्र थाहा छ । मेरा साथीहरुले पनि मसँग धेरै टिकट मागिरहेका छन्, मैले असमर्थता जनाइरहेको छु । हाम्रो लागि यो क्रिकेटको एउटा खेलमात्र हो, जसलाई खेल भावनाका साथ खेल्नुपर्छ । हामी त्यसैगरी खेल्छौं । बाहिरबाट हेर्दा दर्शकले खेललाई फरक तरिकाले देख्न सक्छन्, तर खेलाडीको नजर जहिले पनि व्यावसायिक हुन्छ । सबै खेललाई उस्तै नजरले हेर्छन ।’

पाकिस्तानसँग खेल्नुअघि भारतले दुई अभ्यास खेल खेल्नेछ । भारतले पहिलो अभ्यास खेल सोमबार इङ्ल्यान्ड तथा तथा बुधबार दोस्रो अभ्यास खेल अस्ट्रेलियासँग खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो