माघ ७, २०८२ बुधबार | १७:२०:५४
श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित

पाकिस्तानविरुद्धको खेल सामान्य : कोहली

दुबई, (खेलाडी)- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी २० विश्वकपमा हुने भारत-पाकिस्तानको बहुचर्चित खेलको विषयमा प्रतिक्रिया दिँदै आफ्ना लागि उक्त खेल अन्य खेलजस्तै सामान्य रहेको बताएका छन् । 

भारत र पास्तिानबीच हुने खेलका लागि रंगशालाको टिकटको माग निक्कै उच्च रहेको छ । तर कोहलीले भने आफ्ना लागि सबै खेलको महत्व समान रहने प्रतिक्रिया दिए । 

विश्वकपमा अहिलेसम्म भारतीय टिमले पाकिस्तानसँग पराजय भोगेको छैन । पाकिस्तानका कप्तान बाबर आजमले यसपाली अक्टोबर २४ मा हुने खेल जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

विपक्षी कप्तानलाई जवाफ दिने क्रममा कोहलीले भने आफू ठूल्ठुला दाबी गर्नमा विश्वास नगर्ने बताएका छन् । भारत-पाकिस्तान खेलमा फरक अनुभव हुन्छ ? भनेर पत्रकारहरुले सोध्दा कोहलीको जवाफ थियो, ‘मलाई यस्तो कहिल्यै पनि लाग्दैन । मलाई यो पनि अरु खेलजस्तै लाग्छ । भारत र पाकिस्तानबीचको खेलको विषयमा धेरै चर्चा र प्रतिक्षा भइरहेको छ भन्ने मलाई थाहा छ । खासगरी टिकटको माग थेगिनसक्नु भएको पनि थाहा छ । तर यो पनि अरु खेलजस्तै हो ।’

कोहलीले ठट्टाको शैलीमा आफूले पनि टिकट माग्ने थुप्रै साथीहरुलाई निराश पार्नुपरेको बताए । ‘आजकाल भारत-पाकिस्तान खेलको टिकट मुल्य निक्कै बढेको छ । मलाई यतिमात्र थाहा छ । मेरा साथीहरुले पनि मसँग धेरै टिकट मागिरहेका छन्, मैले असमर्थता जनाइरहेको छु । हाम्रो लागि यो क्रिकेटको एउटा खेलमात्र हो, जसलाई खेल भावनाका साथ खेल्नुपर्छ । हामी त्यसैगरी खेल्छौं । बाहिरबाट हेर्दा दर्शकले खेललाई फरक तरिकाले देख्न सक्छन्, तर खेलाडीको नजर जहिले पनि व्यावसायिक हुन्छ । सबै खेललाई उस्तै नजरले हेर्छन ।’

पाकिस्तानसँग खेल्नुअघि भारतले दुई अभ्यास खेल खेल्नेछ । भारतले पहिलो अभ्यास खेल सोमबार इङ्ल्यान्ड तथा तथा बुधबार दोस्रो अभ्यास खेल अस्ट्रेलियासँग खेल्नेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate