चैत्र १८, २०८२ बुधबार | १२:३२:४५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बंगलादेशमाथि सहज जित निकाल्दै भारत फाइनलमा

काठमाडौं । बंगलादेश ‘ए’ लाई  ५१ रनले पराजित गर्दै भारत‘ए’ एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भारतले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेश ३४.२ ओभरमा १ सय ६० रनमै समेटियो ।

बंंगलादेशका लाागि तान्जिद हसनले ५६ बलमा आठ चौकाको मद्दतमा सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मोहम्मद नइबले ३८, कप्तान सैफ हसनले २२, महमदुल हसन रोयले २० र मेहदी हसनले १२रन बनाए ।

भारका लागि निशान्त सिन्धुले आठ ओभरमा २० रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मानव सुतरले तीन,युवराजसिंह डोडिया र अभिषेक शर्माले समान एक विकेट लिए ।

यसअघि छस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान यश धुलले ८५ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाएृ । यसैगरी अभिषेक शर्माले ३४, साइ सुदर्शन र मानव सुतरले समान २१, निकिन जोसेले १७ र रियान परागले १२ रन जोडे ।

दोस्रो विकेटका लागि अभिषेक र ४६ रनको साझेदारी गरे ।

बंगलादेशका लागि मेहदी हसन, तान्जिम हसन साकिब र राकिबुल हसनले समान दुई तथा रिपोन मन्डल, सैफ हसन र सौम्य सरकारले समान एक विकेट लिए ।

भारतले उपाधिका लागि आइतबार पाकिस्तान ‘ए’ को सामना गर्नेछ । पाकिस्तानले घरेलु टोली  श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो