काठमाडौं । सोमपाल कामीको अर्धशतकप्रेरित नेपालले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सामू १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सोमपालले १ सय १ बलमा ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी प्रतिश जिसीले २६, कुशल मल्ल र अर्जुन साउदले समान १७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे ।
नवौं विकेटका लागि सोमपाल र प्रतिशले ५८ रनको साझेदारी गरे ।
पाकिस्तानका लागि शहनवाज दहानी ५, महम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
