वैशाख २८, २०८२ आइतबार | १२:५३:५०
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

आयरल्यान्डले अमेरिकालाई हरायो

काठमाठौं । आयल्यान्डले आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्टस क्लबमा अमेरिकाले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य आयरल्यान्डले ३४.२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

आयरल्यान्डका लागि पाल स्टर्लिङले ४५ बलमा ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी कप्तान एन्डी बलबर्नीले अविजित ४५, एन्डी म्याकबर्नीले ३५तथा ह्यारी टेक्टर र लोर्कन टुकरले समान २५ रन जोडे ।

पहिलो विकेटका लागि स्टर्लिङ र म्याकबर्नीले ८४ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका लागि नोत्तुश केन्जिगेले दुई तथा निसर्ग पटेल र अभिषेक पर्दाकरले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४२.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ४६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५५ रनको योगदान गरे । यसैगरी सुशान्त मोदानीले ९३ बलमा ४ चौकाको मद्दतमा ५५, उस्मान रफिकले अविजित २८, स्टेभन टाइलरले २३ र गजानन्द सिंहले १० रन बनाए ।

तेस्रो विकेटका लागि मुक्कामल्ला र मोदानीले ८८ रनको साझेदारी गरे ।

आयरल्यान्डका लागि क्रेइग योङ्गले ३ तथा मार्क अदिर, ब्यारी म्याकर्थी र  कप्तान एन्डी म्याकबर्नीले समान २ विकेट लिए ।

आयरल्यान्डले सातौं स्थानको लागि नेपाल र युएईबीचको खेलको विजेतासँग जुलाई ४ मा खेल्नेछ ।

यसैगरी अमेरिकाले जुलाई ६ मा नेपाल र युएईबीचको खेलमा पराजित हुने टोलीसँग नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP