करण केसी

करणसहित चार क्रिकेटर सम्मानित

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य करण केसीसहित चार क्रिकेटलाई गण्डकी प्रदेशले जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

प्रदेशले करणसँगै यु-१९ टोलीका सदस्य अर्जुन कुमाल, सुवास भण्डारी र दीपक डुम्रेलाई मंगलबार सम्मान गरेको हो ।

अलराउन्डर करणले नेपाललाई आइसिसी विश्वकप क्रिकेट लिग टुको मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुर्याउनुको साथै आगमी चार वर्षलाई एकदिवसीइ मान्यता दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अघिल्लो महिना युएईमा भएको एसिया छनोटबाट नेपाललाई आइसिसी यु-१९ विश्वकपमा पुर्याउन अर्जुन, सुवास र दीपकले उच्च प्रदर्शन गरेका थिए ।

उनीहरुलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ लगायतले सम्मान गरेका हुन् ।