आइसिसी विश्वकप छनोट प्ले अफ

अमेरिकाले दियो नामिबियालाई दुई सय ३२ रनको लक्ष्य

काठमाडौं । गजानन्द सिंहको अर्धशतप्रेरित अमेरिकाले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफकाे पहिलाे खेलमा घरेलु टोली नाबियासामू दुई सया ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वान्डरर्स क्रिकेट मैदान विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३१ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि सिंहले ६३ बलमा पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५३ रन बनाए । यसैगरी नस्तुष केन्जिगेले ४३, आरोन जोन्सले ३६, जेसी सिंहले ३३, सुशान्त मोदानीले १७ र शौरभ नेत्रावाल्करले अविजित  १० रन जोडे ।

तेस्रो विकेटका लागि जोन्स र मोदानीले ५५ तथा नवौं विकेटका लागि केन्जिगे र नेत्रावाल्करले ५१ रनको साझेदारी गरे ।

नामिबियाका लागि बेन सिकोन्गो र शान फोउचले समान तीन, रुवेन ट्रम्पलम्यानले दुई तथा पिक्की या फ्रान्सले एक विकेट लिए ।

प्लेअफमा आइसिसी विश्वकप क्रिकेट लिग टुका का पुछारका चार टोली अमेरिका निमिबिया, युएई र पपुवा न्युगिनी (पिएनजी) सँगै आइसिसी विश्वकप च्यालेन्ज लिग ‘ए’ को विजेता क्यानाडा र ‘बी’ को विजेता जर्सी सहभागी छन् ।

राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग टुको शीर्ष तीन टोली टोली हुनेछन् ।

हालसम्म सुपर लिगबाट नेदरल्यान्ड्स तथा जिम्बावे तथा लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपालले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।