नेपाली क्रिकेट

तीन क्रिकेटलाई तिलोत्तमा नगरपालिकाको सम्मान

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ  ।

नगरपालिकाले सिनियर टोलीका ओपनर कुशल भुर्तेल, टोलीमा रहेका मौसम ढकाल(श्याम) तथा यु-१९  टाेलीका कप्तान  देव खनाललाई सम्मान गरेको हो ।

नेपाललाई विश्वकप छनोटमा पुर्याउन कुशलले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । मौसम टोलीमा रहे पनि खेल्न भने पाएनन् । देवको कप्तानीमा नेपाल सन् २०२४ मा श्रीलंकमा हुने यु-१९ विश्वकपका लागि छनोट भएको थियो ।

खेलाडीहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गरे ।