ललितपुर मेयर्स कप

एपिएफलाई मधेसको ५९ रनको लक्ष्य

काठमाठौं । मधेस प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबसामू ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो ।

मधेसका लागि साना प्रविनले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि सोनु खड्काले चार, कप्तान सीता राना मगरले तीन तथा रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक विकेट लिए ।

यसअभि बिहीबार नै सम्पन्न उद्घाटन खेलमा ललितपुर मेयर्स-११ माथि ५१ रनको सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेशले सुखद सुरुआत गरेको थियो ।