ललितपुर मेयर्स कप

सुदूरपश्चिमले दियो ललितपुरलाई एक सय ३८ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतप्रेरित सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर मेयर्स-११सामू एक सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि सम्झनाले ५४ बलमा ६ चौकाको मद्दतमा अविजित ५१ रन बनाइन् । यसैगरी रुवी पोदारले २८, कविता जोशीले अविजित २७ र कप्तान विन्दु रावलले १८ रन जोडे  ।

तेस्रो विकेटका लागि सम्झना र कविताले अविजित ६७ रनको साझेदारी गरेका थिए ।

ललितपुरका लागि कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए ।