द हन्ड्रेड

सन्दीप र अर्जुन ‘द हन्ड्रेड’ को ड्राफमा

काडमाडौं । इङ्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद परेका छन् ।

‘द हन्ड्रेड’ले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुन मात्र अटाएका छन् ।

सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन्। बिहिबार (आज) हुने ड्राफ्टमा तीन सय ६८ खेलाडी छन् ।

‘द हन्ड्रेड’ को पहिलो संस्करणमा ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरे पनि  सन्दीपले भिसा समस्याका कारण प्रतियोगिता गुमाएका थिए ।

दोस्रो संस्करणमा भने सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध गरेको थिएन । यस संस्करणको प्रतियोगिता अगस्ट १ बाट सुरु हुँदैछ ।