वैशाख ३०, २०८२ मंगलबार | ०९:५५:३६
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

अस्ट्रेलियालाई एकदिवसीय शृंखला

काठमाडौं । तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली भारतमाथि २१ रनको जित निकाल्दै अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियम बुधबार सम्पन्न खेलमा जित निकालेसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा भारत पाँच तथा दोस्रो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए ।

अस्ट्रेलियाले प्रस्तुत गरेको दुई सय ७० रनको लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा दुई सय ४८ रनमा समेटियो ।

भरतका लागि विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी हार्दिक पाण्ड्यले ४०, शुभमन गिलले ३७, केएल राहुलले ३२ र कप्तान रोहित शर्माले ३० रन जोडे । 

तेस्रो विकेटका लागि कोहली र राहुलले ६९ रनको साझेदारी गरेका थिए । 

अस्ट्रेलियका लागि एडम जाम्पाले चार, एस्टन अगरले दुई तथा मार्कुस स्टोइनिप र सेन एबोटले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल तयार पारेको थियो । 

अस्ट्रेलियाका लागि मिचेल मार्शले ४७ बलमा आठ चौका एक छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यसैगरी एलेक्स केरीले ३८, ट्राभिस हेडले ३३, मानुर्स लाबुसेनले २८, सेन एबोटले २६, मार्कुस स्टोइनिसले २५ र डेविड वार्नरले २३ रन जोडे । 

पहिलो विकेटका लागि मार्श र हेडले ६८ रनको साझेदारी गरेका थिए । 

भारतका लागि हार्दिक पाण्ड्य र कुलदीप यादवले समान तीन तथा मोहम्मद सिराज र अक्षर पटेलले समान दुई विकेट लिए । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP