श्रीलंकन क्रिकेट

कप्तानी छाड्ने करुणारत्नेको चाहना

काठमाडौं । श्रीलंकन टेस्ट टोलीका कप्तान दिमुथ करुणारत्नेले आयरल्यान्डविरुद्ध अर्को महिना हुने टेस्ट शृंखलापछि कप्तानी छाड्ने योजना बनाएको बताएका छन् ।  

करुनारत्नेले कप्तानी छाड्नका लागि छनोटकर्तासँग कुराकानी गरिरहेको बताइएको छ ।

‘आयरल्यान्डविरुद्धको शृखंलापछि कप्तानी छाड्ने योजनामा छु । मलाइ लाग्छ अर्को विश्व टेस्ट च्याम्पियनसिपकोबीचमा नयाँ कप्तान चयन गर्नु भन्दा सुरुवाती देखि नै भए राम्रो हुन्छ,’ करुणारत्नेले भनेका छन्, ‘मैले यस बारेछनोटकर्ताहरूसँग कुरा गरेको छु, तर मैले अहिलेसम्म प्रतिक्रिया पाएको छैन। मेरो प्राथमिकता यो पद अरुलाई  हस्तान्तरण गर्नु हो।’

३४ वर्षीय करुणारत्ने २०१९ मा टेस्ट कप्तान चयन भएका थिए । उनको कप्तानीमा श्रीलंकाले समान १० जित र हार तथा ६ खेल बराबरीको नतिजा निकालेको छ ।

करुणारत्नेले कप्तानी छाडेर ब्याटिङमा केन्द्रित हुन चाहेको बताएका छन् ।