काठमाडौं । १९औं एसियाली खेलकुदको बक्सिङमा सोमबार नेपालका विनिता थापामग र दीपेश लामा पराजित भएका छन् ।
हाङझाउ जिम्नाजियमा महिला ६०-६६ केजी तौलसमूहमा अन्तिम १६ मा विनिता चाइनिज ताइपेइकी चिन चेन नियनसँग आरएससीका आधारमा पराजित भइन् ।
पुरुष ६३.५-७१ केजी ताैल समूहमा भारतका निशान्त देवसँग ५-० ले स्तब्ध बन्दा दीपेशको यात्रा अन्तिम ३२ बाट अगाडि बढ्न सकेन ।
यसैगरी रविन थापा पुरुष ४५-५१ तौल समूहतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।
रविनले अन्तिम ३२ को खेलमा इन्डोनेसियाका डिओ कोइबानुलाई ४-१ ले पराजित गरे । अब रविनले अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोको सामना गर्नेछन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।