चैत्र २०, २०८१ बुधबार | १५:०५:०२
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

एसियाली खेलकुदको टर्च र्यालीमा सहभागी हुन महर्जन चीन प्रस्थान

काठमाडौं । १९ औं एसियाली खेलकुदको टर्च र्यालीमा सहभागी हुन बक्सिङ प्रशिक्षक दीपक महर्जन चीन प्रस्थान गरेका छन् । महर्जन सोमबार बिहान चीन प्रस्थान गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन सेप्टेम्बर २३ मा उद्धघाटन समारोह हुनेछ । उक्त कार्यक्रम ओलम्पिक स्पोर्ट्स सेन्टरमा हुनेछ । जहाँ सहभागी ४५ राष्ट्रका खेलाडीहरुले मार्चपास गर्नेछन् । साथै स्वागत भाषण, सांस्कृतिक प्रदर्शन, आतिशबाजी, कलात्मक प्रदर्शन, खेलाडीको शपथ, झण्डा फहराउने जस्ता प्रस्तुतीहरु हुनेछन् ।

महर्जनले २०१० ग्वाङझाउ (१६ औं ) एसियाली खेलकुदमा बक्सिङतर्फ ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए । टर्च र्यालीपछि महर्जन टोलीसँग जोडिनेछन् ।

बक्सिङका खेलहरु प्रतियोगिताको दोस्रो दिन देखि सुरु हुनेछन् । बक्सिङमा नेपालले पूरा कोटामा सहभागिता जनाउँदै छ । पुरुषतर्फ सात र महिलातर्फ ६ तौल समूहमा नेपाली बक्सर रिङमा उत्रनेछन् ।

महिलातर्फ मीनु गुरुङले ५४ केजी, सरस्वती रानाले ७५ केजी, संगीता सुनारले ६० केजी, सुष्मा तामाङले ५० केजी, चन्द्रकला थापाले ५७ केजी र विनिता थापामगरले ६६ केजी तौल समूहमा भिड्ने छन् ।

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३।५ केजी, दिपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।