चैत्र ६, २०८२ शुक्रबार | ०२:१०:५७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

राजन र सन्तोषी च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ चौथो राइट टु प्रोटिन रनको च्याम्पियन बनेका छन् ।  प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भए  ।

दुवैको तेश्रो यो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि विजेता हुन् ।

राजनले निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चिए । आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्डका साथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २२ मिनेट ५१ सेकेन्डका साथ दोश्रो तथा एपिएफकी पुष्पा भण्डारी १ घण्टा २४ मिनेट २१ सेकेन्डका साथ तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए ।

पुरुष÷महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार  गरे ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा ३१ मिनेट ०८.४० सेकेन्डका साथ दोश्रो तथा आर्मीका दीपक अधिकारी ३१ मिनेट १७.२९ सेकेन्डमा दौड पूरा गर्दै तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपिएफका सन्तोषविक्रम विष्ट पाँचौं भए ।

उनीहरूले क्रमशः ५०, ४०, ३० हजार, २० हजार र  १० हजार रुपैयाँ हात पारे  पुरस्कार जिते ।

महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपिएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बुले पाँचौं स्थान हासिल गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा ,कृष्णबहादुर परियार,  हस्त सुनार, सम्राट कोयाहाङ लिम्बु र पुकारजंग बस्नेत शीर्ष पाँचमा रहे ।

व्हिलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ तथा महिलामा ऐश्वर्यकुमारी कुमाल, यानी झाँक्री मगर , रजनी राई हिउँकला साउद  र मिना मगरले क्रमशः पहिलोदेखि पाँचौं स्थान हासिल गरे ।

चारै स्पर्धाका शीर्ष पाँचले क्रमशः ३०, २०, १५ , १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल, नारायणी भण्डारी, भगवती खड्का, पूजा पछाईं र पुष्पा शर्मा शीर्ष पाँचमा रहे ।

उनीहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, प्रतियोगिताका संयोजक डा.सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाएका छन् ।

सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । प्रतियोगितामा बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो