चैत्र १२, २०८२ बिहीबार | १७:११:२०
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त

चाहना शाह

काठमाडौं । धारा नेपालगन्ज म्याराथनले युथ ओलम्पिक एम्बासडर चाहना शाहलाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरेको छ ।

ट्रायथलनकी अन्तर्राष्ट्रिय  निर्णायक चाहनाले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन् ।

यसैगरी म्याराथनको १०औं संस्करणलाई विशेष बनाउने उदेश्यका साथ ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।

असोज ३ गते नेपालमै पहिलोपटक हुने नेपालगन्ज १० किमी रात्रीदौडबाट इभेन्टको सुरुआत हुनेछ ।

त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गतेदेखि वर्षभरी हरेक शनिबार सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ ।

बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । १०औं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन हुनेछ । यसका लागि चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

यसैगरी गौघाट ग्रिन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए  ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले म्याराथन मंसिर २२ गते हुन लागेको हो ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज र कोहलपुरलाई जोड्दै आएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो