मंसिर २६, २०८२ शुक्रबार | ०९:२१:२९
नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी साफ महिला क्लब च्याम्पियनसिपः ट्रान्सपोर्टले एपिएफलाई रोक्यो विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपोर्टबीचको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः इस्ट बङ्गालको लगातार दोस्रो जित, कँराची पराजित शेरलाई डुप्लेसीको विकेट, विराटनगरको ब्याटिङ संकटमा पहिलो ओभरमै विराटनगरले गप्टिल र लोकेशलाई गुमायो एनपिएल क्वालिफायर २ः विराटनगरविरुद्ध लुम्बिनीको सामान्य लक्ष्य लुम्बिनीले पावरप्लेमा जोड्यो ४४ रन

भलिबल संघको चुनावका लागि ४५ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघको नवौ चुनावी साधारण सभाका लागि कुल ४५ जनाले उम्मेदवारी दिएका छन् ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा जारी चुनावी साधारणसभामा अध्यक्ष पदमा निरोज मास्के र जितेन्द्रबहादुर चन्द तथा उपाध्यक्ष पदमा आठ जनाले उम्मेदवारी दिएका छन् ।

जसमा यमबहादुर गुरुङ, गौतमप्रसाद लासिवा, उपेन्द्रकुमार यादव, हर्कसिंह धामी, भरतबहादुर शाह, ज्योति केसी, मदन खड्का र भिम ओली छन् । संघको  नयाँ विधानअनुसार सातजना उम्मेदवार उपाध्यक्ष पदका लागि निर्वाचित हुनेछन् ।

मास्के र चन्दको प्यानलबाट महासचिव पदमा रोशन श्रेष्ठ र मनवीर छ्न्त्याल उठेका छन् । सचिवमा सोमबहादुर श्रेष्ठ, महम्मद फिरोज, शृधर शर्मा, गणेशसिह ठगुन्ना, झकबहादुर मिदुन, विनोद सुवेदी, दिपक जिएम, श्रीधर बोगटी, विश्वराज धिमाल र सुनकेशरी माली छन् ।  

कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ र रिता कोइरालाले उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा राजबहादुर खड्का, कुमार राई, दिपक लामा, राजकुमार गुरुङ, अन्जु श्रेष्ठ, ईश्वरबहादुर शाही, बाचबहादुर रावत, छलकुमारी छ्न्त्याल, जुनु पुन मगर, दिनेश श्रेष्ठ, गंगा थापा श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, रामाशकर चौधरी, चन्द्रबन्दना राई, अशोककाजी थापा, सुदर्शन जमरकटेल, रामबहादुर खड्का, जयकुमार श्रेष्ठ, थर्ककुमार थोङवाङ, योगेन्द्र सुवेदी, श्यामकुमार आचार्य र प्रवीण श्रेष्ठ गरी २२ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि चुडाकुमारी खड्का र राजेश कार्कीले  पनि सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर, उनिहरुले मतदान प्रक्रिया सुरु हुनुअघि नाम फिर्ता लिएका थिए ।

संसोधित विधान अनुसार ४१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र  सचिवमा सात तथा ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । भने एक जना पूर्व अध्यक्ष स्वत सदस्यका रुपमा रहनेछन् ।


भिडियो
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF