चैत्र १४, २०८२ शनिबार | ०४:३८:३६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भिएनएलः पुरुषतर्फको उपाधि फ्रान्सलाई

रोम । साविक ओलम्पिक च्याम्पियन फ्रान्सले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

इटालीमा सोमबार सम्पन्न फाइनलमा फ्रान्सले अमेरिकालाई ३–२ को सेटमा हराउँदै पहिलो पटक उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक चलेको खेलमा फ्रान्सले अमेरिकालाई २५–१६ २५–१९ १५–२५ २१–२५ १५–१० को सेटमा हरायो । फ्रान्सका एर्भिन नगपोथले सर्वाधिक २२ अंकको योगदान गरे ।

यसैगरी आइतबार तेस्रो स्थानका लागि भएको खेलमा ओयाजक इटालीलाई २५–१६ २५–२३ २५–२० को सोझो सेटमा हराउँदै विश्व च्याम्पियन पोल्यान्डले कास्य पदक जित्यो ।

टोकियो ओलम्पिकमा ‘मोस्ट भ्यालुएबल प्लेअर’ को अवार्ड पाएका एर्भिन भिएनएलको पनि एमभिपी नै घोषित भए । ३१ वर्षीय एर्भिनले यसअघि एफआइभिबी भलिबल वल्र्ड लिगको सन् २०१५ र २०१७ मा पनि यहीं अवार्ड जितेका थिए ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट सेटर अमेरिकाका मीका क्रिस्टनसन, ओपोजिट फ्रान्सका जीन पेट्री, वाउट साइड हिटर फ्रान्सका ट्रेभर क्लेभेनोट र इर्भिन, मिडल ब्लकर पोल्यान्डका डेभिड स्मिथ र म्याथेयज बाइनिक तथा लिब्रो फ्रान्सका जेनिया ग्रेबेनिकोभ घोषित भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो