माघ १६, २०८२ शुक्रबार | २१:०१:२३
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

काठमाडौं । आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

शनिबार भएको फाइनलमा डायमन्डले २५-१५, २५-१२ र , २५-२१ को सोझो सेटमा जित निकाल्न सफल भयो । प्रतियोगितामा न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो । 

यस्तै, ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५-१४, २५-१३ र २५-५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै न्यू डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधा एकेडेमीले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । 

न्यू डायमन्डकी प्रगतिनाथ सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् । न्यू डायमन्डकी सलिना बुढामगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परोपकारकै रुजिता दर्जी सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारे ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यू डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे । गत बुधबारदेखि राउन्ड रोविन लिगको पद्दतीमा शुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता थियो । 

यू डायमन्ड स्पोर्टस क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।