चैत्र ८, २०८२ आइतबार | १२:५८:५४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

काठमाडौं । आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

शनिबार भएको फाइनलमा डायमन्डले २५-१५, २५-१२ र , २५-२१ को सोझो सेटमा जित निकाल्न सफल भयो । प्रतियोगितामा न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो । 

यस्तै, ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५-१४, २५-१३ र २५-५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै न्यू डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधा एकेडेमीले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । 

न्यू डायमन्डकी प्रगतिनाथ सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् । न्यू डायमन्डकी सलिना बुढामगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परोपकारकै रुजिता दर्जी सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारे ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यू डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे । गत बुधबारदेखि राउन्ड रोविन लिगको पद्दतीमा शुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता थियो । 

यू डायमन्ड स्पोर्टस क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो