भाद्र २८, २०८२ आइतबार | ०१:१४:०३
ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित मार्टिन ओडेगार्ड फेरि घाइते नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए

भलिबलका ४१ नियम परिवर्तन

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन (फिभ)ले भलिबलका ४१ वटा नियम परिवर्तन गरेको छ । बुधबार अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा एनभिए रेफ्री कमिसनका अध्यक्ष गौतमप्रसाद लासिवाले बुधबारको अन्तरक्रिया कार्यक्रममार्फत भलिबलका परिवर्तित नियमबारे जानकारी दिए ।

यसअघि खेलाडी वा प्रशिक्षकलाई रेफ्रीले दिएको पहेँलो र रातो कार्डपछि उनीहरू प्रतियोगिता क्षेत्रमा रहेको पेनाल्टी क्षेत्रमा गएर बस्नु पर्थ्याे । तर, कार्ड पाएका खेलाडी तथा प्रशिक्षक ड्रेसिङ रुममा गएर बस्नु पर्ने नियम बनेको छ ।

यस्तै, अब टोलीको नेतृत्व लिबेरोले पनि गर्न पाउने नियममा परिवर्तन भएको छ । सन् २०१६–२०२० सम्म बनेको नियममा लिबेरो बाहेक अरु खेलाडीले मात्रै टोलीको कप्तानी गर्न पाउने नियम थियो ।

यस्तै, भलिबल खेलाइने कोर्ट, प्रकाश लगायत विषयसँग सम्बन्धित विभिन्न ४१ वटा नियम परिवर्तन भएको लासिवाले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, संघका पूर्व महासचिव तथा भक्तपुर जिल्लाका अध्यक्ष विनोद राय चन्द, एसियन रेफ्री विकास गुरुङ, फिभको लेभल टु कोर्ष गरेका तथा राष्ट्रिय रेफ्री विजयकृष्ण वादे, संघका पदाधिकारी, विभिन्न क्लबका पदाधिकारी तथा खेलाडी र रेफ्रीको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भलिबलमा भएका परिवर्तनहरु अन्तरक्रियामा मात्र नभएर प्रत्यक्ष रुपमा कोर्टमा नै गराए प्रभावकारी हुने सुझाव दिए । यस्तै भक्तपुर जिल्लाका अध्यक्ष चन्दले भलिबलका खेलाडी मात्र नभएर प्रशिक्षक र रेफ्रीले पनि नियमहरु बुझ्न अतिआवश्यक भएको बताए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS