काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ(साफ) यु-१७ च्याम्पियनसिपका नेपाली टोली शनिबार श्रीलंका पुगेको छ ।
नेपाली टोली स्थानिय समय अनुसार साँझ ६ बजे कोलम्बोस्थित बन्दरानयके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ सम्म हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
यसैगरी नेपालले सेप्टेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।
नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, राम बोहरा, विशेष बानियाँ
रक्षकः प्रशान्त मोक्तान (कप्तान), दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
मिडफिल्डरः प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान
फरवार्डः समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ