माघ १९, २०८२ सोमबार | ०१:५३:४९
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

टाइगर कपः सरस्वती र धनबहादुर सर्वाेत्कृष्ट

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मीका क्लबका धनबहादुर भट्ट टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मीलाई दोस्रो संस्करणको च्याम्पियन बनाउन सरस्वती र धनबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवै खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, प्रतियोगिताको महिलातर्फको विधागततर्फ उत्कृष्ट सर्भर एपिएफकि निरुता थगुन्ना, सेटर आर्मीकी कृपा अधिकारी, ब्लकर एपिएफकि हिरा केसी, लिब्रो न्यु डाइमन्डकी सलिना श्रेष्ठ, स्पाइकर आर्मीकि शान्ति थारु र प्रशिक्षक एपिएफका महेश चौधरी घोषणा भए ।

पुरुषतर्फको विधागततर्फ उत्कृष्ट सर्भर पुलिसका इम राना, सेटर आर्मीका हरिहजुर थापा, ब्लकर हेल्प नेपालका अमित कुमार, लिब्रो आर्मीका इस्वर थापा, स्पाइकर हेल्प नेपालका विकास कुमार र प्रशिक्षक जगतबहादुर सिंह घोषित भए । महिला र पुरुषतर्फको विधागततर्फका उत्कृष्ट सबैले १० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको फाइनलमा महिलातर्फ एपिएफले आर्मीलाई २५–२३, २५–१५, २५–२० को सोझो सेटमा हराएको थियो । पुरुषतर्फ आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, २५–१८, २५–१९ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा पुरूषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रशरी बल ९एपिएफ० र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।