चैत्र ९, २०८२ सोमबार | ०४:२०:३१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

टाइगर कपः सरस्वती र धनबहादुर सर्वाेत्कृष्ट

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मीका क्लबका धनबहादुर भट्ट टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मीलाई दोस्रो संस्करणको च्याम्पियन बनाउन सरस्वती र धनबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवै खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, प्रतियोगिताको महिलातर्फको विधागततर्फ उत्कृष्ट सर्भर एपिएफकि निरुता थगुन्ना, सेटर आर्मीकी कृपा अधिकारी, ब्लकर एपिएफकि हिरा केसी, लिब्रो न्यु डाइमन्डकी सलिना श्रेष्ठ, स्पाइकर आर्मीकि शान्ति थारु र प्रशिक्षक एपिएफका महेश चौधरी घोषणा भए ।

पुरुषतर्फको विधागततर्फ उत्कृष्ट सर्भर पुलिसका इम राना, सेटर आर्मीका हरिहजुर थापा, ब्लकर हेल्प नेपालका अमित कुमार, लिब्रो आर्मीका इस्वर थापा, स्पाइकर हेल्प नेपालका विकास कुमार र प्रशिक्षक जगतबहादुर सिंह घोषित भए । महिला र पुरुषतर्फको विधागततर्फका उत्कृष्ट सबैले १० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको फाइनलमा महिलातर्फ एपिएफले आर्मीलाई २५–२३, २५–१५, २५–२० को सोझो सेटमा हराएको थियो । पुरुषतर्फ आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, २५–१८, २५–१९ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा पुरूषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रशरी बल ९एपिएफ० र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो