पुस २८, २०८२ मंगलबार | ०४:१९:३७
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

सेमिफाइनलका चारै खेल आज

काठमाडौं । नवौं एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा आज (शुक्रबार) चारै सेमिफाइनलका खेलहरु आयोजना हुँदैछन् । नेपाल भलिबल संघ (एनभिए)ले त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहान महिलातर्फ तथा दिउसो पुरुषतर्फका अन्तिम ४ प्रतिस्पर्धा गराउन लागेको हो ।

प्रतियोगिताको लिग चरणका खेलमा खासै दर्शकको उपस्थिति उत्साहजनक नभएपछि  क्वार्टरफाइनलका खेलमा भने कभर्डहल भरिएको थियो । सेमिफाइनलका खेलमा पनि दर्शकको उपस्थितिले कभर्डहल भरिने एनभिएको विश्वास छ ।

९ बजे हुने पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । राष्ट्रिय टोलीकीे लिबेरो सलिना श्रेष्ठको कप्तानीमा खेलिरहेको न्यु डायमन्डलाई प्रगती नाथ, सुमित्रा रेग्मी तथा प्रतिभा माली जस्ता स्टार खेलाडीको साथ छ । टोलीमा सलिना बुढामगर, एञ्जिला प्रधान, जेनिशा विश्वकर्मा जस्ता युवा खेलाडी पनि छन् ।  

यता, एपिएफ अनुभवी खेलाडी नेविका चौधरीको कप्तानीमा कोर्टमा उत्रदैछ । यो टिममा राष्ट्रिय टिमबाट खेलिसकेकी निरुता ठगुन्ना पनि छिन् ।

दोस्रो खेलमा विभागीय डर्बी हुनेछ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ । पुलिसमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता हुुँदा तुलानात्मक रुपमा आर्मी भन्दा पुलिस बलियो देखिन्छ । उषा भण्डारी, पुनम चन्द, कमला पुन, कामना विष्ट जस्ता खेलाडी पुलिसमा छन् । काभा क्लब च्याम्पियनसिपको तयारी गरिरहेको पुलिसलाई यो खेलको दाबेदारको रुपमा हेरिएको छ । त्यस्तै, आर्मीमा पनि राष्ट्रिय टिमबाट खेलिरहेकी आरती सुवेदी र सुनिता खड्का लगायत खेलाडी छन् । आरती पछिल्लो खेलमा स्वास्थ्य अवस्था ठिक नभएपछि कोर्टमा देखिरहेकी छिन् ।

यता, पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो २ बजे हुनेछ । तीन पाकिस्तानी खेलाडी समावेश गरेको हेल्प नेपाल प्रतियोगिताकै उपाधि दाबेदार हो । पुलिससँग राष्ट्रिय टिमका युवा खेलाडी पहल गहतराज, रविन नगरकोटी, भिम गाहा, रेशम छन्त्याल लगायतका भएपनि विदेशी खेलाडीकै कारण हेल्प नेपाल निकै बलियो देखिन्छ ।

४ बजे हुने अन्तिम सेमिफाइनलमा रुकुम पश्चिम र अर्काे विभागीय टोली आर्मी प्रतिस्पर्धा हुनेछ । यो खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण छ । तीन पाकिस्तानी खेलाडी समावेश गरेको पश्चिम रुकुम उत्कृष्ट प्रदर्शन कायम राख्दै पहिलो पटक फाइनल पुग्ने योजना छ ।  

यता, आर्मी घरेलु प्रतियोगितामा आफ्नो प्रभुत्व कायम राख्न जसरी पनि फाइनल पुग्ने रणनीतिमा छ । आर्मीमा राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा लगायतका खेलाडी छन् । पछिल्लो समय आर्मीलाई बिभाग बाहिर हेल्प नेपालले चुनौती दिँदै आएको थियो । 

यसपटक तीन पाकिस्तानी खेलाडी समावेश गरेको पश्चिम रुकुमले कडा चुनौती दिने अनुमान छ । उसलाई आर्मीले रोक्न सक्छ कि सक्दैन त्यो भने अन्तिम खेलबाटै निर्धारण हुनेछ । यो खेल निकै रोमाञ्चक हुने सुरुवाती आँकलन पनि छ ।

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||