काठमाडौं । तीन खेलमा स्पष्ट ९ अंक जोड्दै न्यु डायमन्ड युथ स्पोर्टस क्लब नवौं एनभिए च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्डहलमा सम्पन्न समूह ‘ए’को आफ्नो अन्तिम खेलमा न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
न्यु डायमन्डले एभरेष्टको चुनौती २५–२१, २५–१५ र २५–१४ ले पन्छायो । यसअघि न्यु डायमन्डले त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबलाई हराएको थियो ।
लगातार दोस्रो हारसँगै एभरेष्ट सेमिफाइनल समीकरणबाट बाहिरिएको छ । एभरेष्टले यसअघि आर्मीसँग पराजय बेहोरेको थियो । एभरेष्टले लिगको अन्तिम खेलमा बुधबार चुलीसँग प्रतिस्पर्धा गर्नेछ ।
न्यु डायमन्डले शुक्रबार सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।
भिडियो
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
